गाउँपालिकाको आफ्नै लगानीमा भोटेकोशीमा बेलीब्रिज निर्माण
दिनेश दुलाल
असोज ११, हिन्दी । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकाले आफ्नै लगानीमा बेलीब्रिज निर्माण गरेको छ । गाउँपालिकाको आफ्नै श्रोतबाट ४ करोड ५० लाख लागतमा भोटेकोशी नदिमा बेलीब्रिज निर्माण गरिएको हो ।
गाउँपालिका वडा नम्बर ३ मा पर्ने बोक्चेन, नाम्थाङ, छेताङ, तार्तुङ, नादिङ, खिल्पुक, घिसिङडाँडा हुदै देउढुङ्गा जाने कृषी तथा पर्यटकीय सडकको लागि भोटेकोशी नदिमा बेलीब्रिज निर्माण गरिएको वडा नम्बर ३ का वडाअध्यक्ष निमासोना शेर्पाले सिन्धुज्वालालाई जानकारी दिए । उनका अनुसार उक्त बेलीब्रिज बनेसंगै त्याहाँका १५० घरधुरी अर्थात ४५० जनसंख्या लाभान्वित हुनेछन् ।
५५ मिटर लम्बाई रहेको बेलिब्रिज निर्माणको ठेक्का पाएको निर्माण कम्पनी गौरव जेवी ÷ स्लामले ३ महिनाको अवधिमा काम सम्पन्न गरेको हो । उक्त पुल बैषाख २५ बाट सुरु गरेर आषाड २० सम्म सम्पन्न गर्ने भनिएपनि काम रोकिएर भाद्र २० बाट सुरु गरेकोमा असोज ९ मा सम्पन्न भएको वडाअध्यक्ष शेर्पाले बताए । निर्माण सम्पन्न पुलको मुखमा स्थानीयको केही जग्गा मिलाउन पर्ने भएकोले पुलको उदघाटन आउँदो दशैंभित्र गर्ने तयारी भएको वडाअध्यक्ष शेर्पाले जानकारी दिए ।