सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा पहिलोपटक सुरु भयो जिमखाना

निर्मल बस्नेत
माघ १, चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको जिल्ला सदरमुकाम चौतारामा पहिलो पटक जिमखाना सुरुवात गरिएको छ ।

मानव जिवनमा स्वास्थ्य महत्वपूर्ण पक्ष हो । स्वस्थ जीवनको लागि चौतारामा शारिरीक व्यायामको लागि आर्कं फिनिसिङ एण्ड गेमले जिमखाना सञ्चालनमा ल्याएको हो ।

शनिवार माघ १ गतेको अवसर पारेर चौतारा सााँगाचोकगढी नगरपालिका वडा नं. ५ मिलनचोक नजिकै रहेको उक्त जिमखाना जिल्ला समन्वय समितिको उपप्रमुख वालकुमारी सापकोटाले रिवन काटेर उदघाटन गरेकी हुन् । सोही कार्यक्रममा चौतारा सााँगाचोकगढी नगरपालिका वडा नं. ५ को वडाध्यक्ष नरमान श्रेष्ठ, नगर खेलकुद विकास समितिको सह संयोजक अमृतमान श्रेष्ठ र चौतारा निवासी खेलप्रेमी युवाहरुको सहभागिता रहेको थिायो ।

चौतारा सााँगाचोकगढी नगरपालिका वडा नं. १ स्याउले निवासी राकेश श्रेष्ठ, सोहन श्रेष्ठ र भुवन श्रेष्ठ ३ भाईले सञ्चालनमा ल्याएको जिमखानामा १ गतेवाटै उत्साहजनक रुपमा चौताराका युवाहरुले सहभागिता जनाएका छन् । हाल जिमखानामा सहभागि हुनेहरुमा व्यक्तिगत प्याकेजमा मात्र सहभागिता रहेको छ ।

सञ्चालक मध्येका राकेश श्रेष्ठले दिएको जानकारी अनुसार व्यक्तिगत मासिक रु.३ हजार, त्रैमासिक ७ हजार पाँच सय , अर्धबार्षिक १४ हजार र बार्षिक २५ हजार त्यस्तै समूहमा सहभागि हुनका लागि ३ महिनाको ३३ हजार, ६ महिनाको ६० हजार रहेको छ ।

त्यस्तै १ वर्षको १ लाख रुपैया साथै कपल जोडीको लागि ३ महिनाको १० हजार , ६ महिनाको १८ हजार र १ वर्षको ३० हजार शुल्क रहेको जानकारी दिएका छन् । सहभागि हुनको लागि जोडीको लागि भने विषेश लाभ लिन सकिने पनि सञ्चालक राकेश श्रेष्ठले जानकारी दिए ।