माओवादी निकट पर्यटन व्यवसायीको देशकै पहिलो जिल्ला भेला सिन्धुपाल्चोकमा सम्पन्न

दिनेश दुलाल
साउन २७ (२०८१), सुकुटे । नेकपा (माओवादी) केन्द्र) निकट नेपाल पर्यटन व्यवसायी सिन्धुपाल्चोकको पहिलो भेला सम्पन्न भएको छ ।
जिल्लाकै पर्यटकीय क्षेत्र सुकुटेका आज सम्पन्न भेला देशकै पहिलो जिल्ला भेला भएको सो संगठनले जनाएको छ । पार्टी निकट पर्यटन व्यवसायीहरुको संगठन केन्द्रमा बनेपनि जिल्ला तहमा बनेको थिएन ।

बागमति प्रदेश कमिटिको समन्व्यमा सुकुटे स्थित बीच रिसोर्टमा जिल्लाभरका पर्यटन व्यवसायीहरु सहभागी पहिलो सिन्धुपाल्चोक जिल्ला भेलाले कृष्णबहादुर सापकोटाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

जसमा उपाध्यक्षमा सीता तामाङ (जुगल), सचिव विकेश तामाङ (बाह्रबिसे) र कोषाध्यक्षमा चित्रराज गिरी (चौतारा) रहेका छन् । त्यस्तै सदस्यहरुमा ढकबहादुर सुवेदी (बलेफी), आकाश तामाङ (पाँचपोखरी), पासाङ लामा (सुनखानी), कार्पो शेर्पा (जुगल), जयराम पराजुली (चौतारा), पासाङलाल तामाङ (लिसंखुपाखर), भक्तबहादुर श्रेष्ठ (जुगल) र लालबहादुर श्रेष्ठ (जुगल) रहेका छन् ।

संगठनलाई केही दिनमै पूर्णता दिएर २५ सदस्यीय कार्यसमिति बनाउने नवगठित कार्यसमितिका अध्यक्ष कृष्ण सापकोटाले जानकारी दिए ।
जिल्ला भेलाको नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज केशव नेपालले उद्घाटन गरेका थिए ।
भेलाको उदघाटन पछिको मन्तव्यलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपालले पार्टीले सबै संगठन निर्माण संगै पर्यटन व्यवसायीहरुलाई समेत संगठित गर्ने योजना रहेको बताए ।

माओवादी पार्टी समाजवादी कार्यदिशामा पार्टी पुगेको र पार्टी महाधिवेशनको तयारीमा रहेकोले पर्यटन व्यवसायीहरुको जिल्ला भेला सार्थकता रहेको बताए । कार्यक्रममा विशेष अतिथि प्रतिनिधि क्षेत्र नम्बर १ का सांसद माधव सापकोटा, बागमति प्रदेश सदस्य द्वोय सरल सहयात्री पौडेल, अमृता नेपाल र पार्टी जिल्ला संयोजक गोविन्द पराजुलीले सिन्धुपाल्चोकको समग्र पर्यटन क्षेत्रको विकासको लागि नेपाल पर्यटटन व्यवसायी संगठन सिन्धुपाल्चोक पहिलो भेलाबाट निर्वाचित कार्यसमितिले सशक्त भूमिका निर्वाह गर्न सुझाब दिंदै शुभकामना मन्तव्य राखेका थिए ।

त्यसैगरी कार्यक्रममा नेपाल पर्यटन व्यवसायी संगठन केन्द्रीय उपाध्यक्ष तथा बागमति प्रदेश ईन्चार्ज ठाकुर प्रसाद सापकोटा, महासचिव अबीर मल्ल, बागमति प्रदेश संयोजक मिलन लामा र बागमति प्रदेश कमिटि सचिव रोकट बस्नेतले शुभकामना मन्तव्य राखेका थिए ।