फेरीपनि भोटेकोशीमा बाढीको बितण्डा, हाईड्रोले हटायो सडकको अवरोध

असार ३१, तातोपानी । सिन्धुपाल्चोकको भोटेकोशीमा असार ३० गते राती परेको अविरल वर्षाका कारण सडकनै अवरुद्व बन्न पुगेको छ । चारबर्ष अघि सो क्षेत्रमा बाढीले वितण्डा मच्चाएको घटनालाई पुनः स्मरण गराएको छ । त्यतिबेला सो क्षेत्रमा अरबौंको क्षति तथा मानवीय समेत क्षति भएको थियो ।

अवरुद्व भएको सो क्षेत्रको लिपिङ, सिरिचौर, झिर्पु, डाक्लाङ लगाएतको निर्माणधिन भोटेकोशी–१ जलविद्युत आयोजनाको मेशिनले सफा गरिदैं

केही दिन यता अबिरल बर्षाका कारण छिमेकी मुलुक चीनसंग जोडीएको अरनिको राजमार्ग अन्र्तगत तातोपानी क्षेत्रको सडक पूर्ण रुपमा क्षति भई यातायात अवरुद्द भएको हो । अवरुद्व भएको सो क्षेत्रको लिपिङ, सिरिचौर, झिर्पु, डाक्लाङ लगाएतको निर्माणधिन भोटेकोशी–१ जलविद्युत आयोजनाले अवरोध खुलाई अरनिको राजमार्ग पुनः संचालनमा ल्याईएको आयोजना प्रमुख उमेश पराजुलीले सिन्धुज्वालालाई जानकारी दिए । उनका अनुसार इलेक्ट्रो पावर कम्पनी प्रवर्धित भोटेकोशी–१ जलविद्युत आयेजनाबाट २ वटा इस्काभेटर, ६ वटा ट्रिपर, १ वटा लोडर र १ वटा जेसिभि दिन भर प्रयोग गरि अरनिको राजमार्ग खुलाएर सवारी साधन संचालनमा ल्याएको हो ।

यसैबीच निर्माणधिन भोटेकोशी–१ जलविद्युत आयोजनाले वर्षातको समयमा हुने विपद्का घटनाहरुको न्यूनीकरण होस् भन्ने उद्देश्यले भोटेकोशी गाँउपालिका वडा नं १ को तुसारे, भोटेकोशी गा.पा.–४ को सुनखानी, थामीगाँउ, फुल्पिङकट्ठी र भोटेकोशी गा.पा–३ दुगुनाका लक्षित वर्ग तथा विपन्न परिवारलाई ४०० थान त्रिपाल वितरण गरेको आयोजनाले जनाएको छ । त्यसैगरी आयोजनाले भोटेकोशी गाउँपालिका वडा नं ४ सुनखानी, थामी गाउँमा रहेको श्री महांकाली देवी आधारभुत विद्यालयलाई आवश्यक मर्मत संभार गरी नमूना विद्यालय बनाउने आयोजना प्रमुख उमेश पराजुलीले स्थानीयसंग प्रतिवद्वता व्यक्त गरेका छन् ।

स्मरण रहोस आयोजनाले यसअघि पनि बाढीपहिरोबाट त्याहाँका प्रभावित जोखिमा पर्न सक्ने भन्दै सयौं थान त्रिपाल लगाएतका सामाग्री वितरण गरिसकेको छ । आयोजनाले सामाजिक उत्तरदायित्व अन्र्तगत प्रभावित बासिन्दालाई खानेपानी, मठमन्दिर, पाटीपौवा, स्कुल लगाएत पुर्वाधारहरु निर्माणको चरणमा रहेको जनाएको छ ।