जनस्वास्थ्यकाे आयाेजनामा बिश्व जनसंख्या दिवश कार्यक्रम
निर्मल बस्नेत
२७ असार, चाैतारा । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले बिश्व जनसंख्या दिवश कार्यक्रम सम्पन्न गरेकाे छ । ११ जुलाईका दिन प्रत्येक बर्ष विश्वभर बिभिन्न कार्यक्रम गरी मनाउने गरिएकाे छ ।
सबैका लागि लचिलो र समतामूलक भविष्यतर्फ समावेशी तथ्याङ्कको शक्तिलाई अँगालेर भन्ने मुल नाराका साथ यो दिवस सिन्धुपाल्चोकमा पनि विविध कार्यक्रमसहित मनाईएको हो ।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा समन्वय समितिको हलमा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख बालकृष्ण श्रेष्ठले प्रत्येक बिकासकाे सुचांकमा समाबेशीतालाई अंगालेर जनसंख्याको आधारमा काम गर्न सकेमात्र सार्थक हुने कुरा बताए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जीतबहादुर भण्डारीले कुनै पनि राष्ट्रकाे जनसंख्या कति आवश्यक, पारिवारिक , आर्थिक अवस्था कस्तो रहने भन्ने कुराले विशेष महत्व लिने बताए । उनले वर्तमान अवस्था चुनौतिपूर्ण रहेको भन्दै जनसंख्यालाई नियन्त्रण भन्दा पनि व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
जनस्वास्थ्य प्रमुख दुर्गा बजगाईँले जनसंख्याको अवस्था बारे जिल्लामा भएगरेका कार्यक्रम र गतिविधिकाे प्रतिवेदन पेश गर्दै जिल्लामा शिशु मृत्युदर र मातृ मृत्युदर न्यूनिकरण गर्न सफल भएको उल्लेख गरिन् । उनले २०७८ सालकाे जनगणना अनुसार २ कराेड ९१ लाख २२ हजार ४ सय ८० रहेकाे, वाग्मती प्रदेशमा ६१ लाख १६ हजार ८ सय ६६ जना रहेकाे र सिन्धुपाल्चोकमा २ लाख ६२ हजार २ सय ६४ जनसंख्या रहेकाे विवरण प्रस्तुत गरेकी थिईन् ।
जनसंख्याकाे मापनकाे आधारमा १९९९ मा ५ सय ३९ मात्रृमृत्युदर रहेकाेमा हाल सिन्धुपाल्चोकमा ४ जना मातृमृत्यु रहेकाे बताईन् । यहि तथ्यांककाे आधारमा पछिल्लो चरणमा मातृमृत्यु र शिशु मृत्युदर कम भएकाे उनकाे तर्क छ । जसकाे लागि ८० प्रतिशत स्वास्थ्य संस्था र २० प्रतिशत घरमा नै सुत्केरी हुने गरेकाे गरेकाे तथ्य प्रस्तुत गरेकी थिईन् ।
बागमति प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक दीपक तिवारीको सभाध्यक्षमा जनसंख्या दिवश कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा नगर महिला सञ्जालकातर्फबाट गुणकेशरी श्रेष्ठले जनसंख्या सम्वन्धी चेतनामूलक गीत र जुगल बोर्डिङ हाइस्कूलका छात्रा रिति घलेले वर्तमान सन्दर्भ र सन्देश झल्काई दिएकाे प्रवचनले कार्यक्रमकाे प्रभावकारीता बढाएकाे थियाे ।
जनस्वास्थ्य कार्यालयका तिलक विकद्वारा सञ्चालित कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालय,जिल्ला स्थित सुरक्षा निकाय, गैरसकारकारी कार्यालय, नगर सञ्जाल, जेष्ठ नागरिक, वालवालिका ,सञ्चारकर्मीहरुकाे उपस्थितिले हल भरिभराउ रहेको थियो ।