पाेलियाे बिरुद्धकाे खाेप अभियानकाे तयारी पूरा, १० हजार ८ सय ६९ जनाले खाेप लिदै
निर्मल बस्नेत
९ जेठ, चाैतारा। सिन्धुपाल्चोक जिल्लामा जेठ १३ गतेबाट १८ गतेसम्म सञ्चालन हुने पाेलियाे बिरुद्ध आइ पि बी खाेप अभियान २०८१ काे तयारी पुरा भएकाे छ । यस अभियानमा जिल्लाकाे १० हजार ८ सय ६९ जना पहिचान भएका वालवालिकाहरुलाई खाेप दिइने जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएकाे छ ।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले बुधबार गरेकाे खाेप समन्वय समितिकाे बैठक तथा सराेकारवालाहरुलाई अभिमुखीकरण कार्यक्रममा जिल्लाभर एकसाथ सञ्चालन हुने खाेप अभियानकाे सन्दर्भमा जानकारी गराईएकाे थियाे ।
कार्यालय प्रमुख दुर्गा बजगाईले जिल्लाभरकाे सम्पूर्ण शिक्षण संस्थाहरुमा दिइने खाेप सामग्रीहरु १० गते भित्र सम्पूर्ण स्वास्थ इकाईहरु पुर्याइसकिने बताइन् । २ देखि ८ डिग्री सेल्सियस तापक्रममा व्यवस्थापन गरेर राखिने खाेप सामग्री अन्य स्वास्थ सामगीकाे तुलना बढी सचेतपूर्वक बिवेक अपनाउनुपर्ने कुरा उल्लेख गरिन् । उनले प्रदेश सरकारले १४ हजारमाथि डाेजकाे खाेप सामग्री उपलब्ध गराएको र समुदायमा काेहि छुट भएको भए स्वास्थ संस्थामा जाेडिदिन आग्रह गरेकी छिन् । जिल्लामा हुने अभियानकाे नेतृत्व जनस्वास्थ्य कार्यालयले गर्नेछ भने प्राबिधिक पक्षकाे भूमिका चाैतारा अस्पतालकाे हुने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयले यसभन्दा अगावै खाेपकर्मी र स्वयंसेवकहरुलाई आवश्यक तालिम तथा अभिमुखीकरण गरिसकेको छ । २०७५ साल बैशाख देखि २०७५ साल असाेज मसान्तसम्म जन्मिएका वालवालिकाहरुलाई विशेष रुपमा समेट्ने लक्ष्य लिएकाे छ ।
सराेकारवालाहरुसंगकाे बैठक तथा अभिमुखिकरण कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख एवं खाेप समन्वय समितिका संयाेजक बालकृष्ण श्रेष्ठकाे अध्यक्षतामा भएकाे हाे । बैठकमा जिल्ला समन्वय समिति उपप्रमुख पदमनाथ नेपाल, सहायक प्रमुख जिल्ला अधिकारी जीतबहादुर भण्डारी, शिक्षा बिकास समन्वय इकाईका प्रमुख कृष्ण सुबेदी, चाैतारा साँगाचाेकगढी नगरपालिका सामाजिक बिकास शाखा संयाेजक रामप्रसाद गाैतम, चाैतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन रुद्रहरी भण्डारी, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवनप्रसाद श्रेष्ठ,नेपाल रेडक्रस साेसाइटी सिन्धु शाखाका मन्त्री कमलचरण कक्षपति, चाैतारा नगर स्वास्थ्य शाखा प्रमुख शिव पुरी, बिपद् व्यवस्थापन शाखा प्रमुख चिरञ्जीवी कट्टेल, श्री कृष्ण रत्न गंगा माध्यमिक बिद्यालयका प्रधानाध्यापक डम्बरबहादुर श्रेष्ठ, बिषयगत सम्बद्ध शाखाका कर्मचारी र सञ्चारकर्मीहरुकाे सहभागीता रहेकाे थियाे ।