सुकुटेमा पहिलोपटक अपाङ्गता भएका व्यक्तिहरुले गरे सामूहिक ¥याफ्टिङ

जेठ २ (२०८३), सुकुटे । सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय क्षेत्र सुकुटेमा ७० जना अपाङ्गता भएका व्यक्तिहरूले एकैपटक सामूहिक जलयात्रा (¥याफ्टिङ) गरेका छन् ।

अपाङ्गता भएका व्यक्तिहरुको यति ठूलो समुहले सामुहिक ¥याफ्टिङ गरेको सम्भवत पहिलो घटना भएको छ । स्वावलम्बन जीवन पद्धति केन्द्र सिन्धुपाल्चोकको आयोजनामा भएको यस साहसिक कार्यक्रमको मुख्य नारा “अपाङ्गता भएका व्यक्तिहरूका आवश्यकता, पर्यटन र खेलकुदमा समान समावेशिता“ रहेको थियो ।

केन्द्रका महासचिव कृष्ण तिमल्सिनाका अनुसार कार्यक्रममा देशभरबाट १ सय ४ जना अपाङ्गता भएका व्यक्तिको सहभागिता रहे पनि स्वास्थ्य अवस्था र क्षमताका आधारमा ७० जनाले मात्रै ¥याफ्टिङ गरेका थिए । सहभागीहरू शुक्रबारसम्म आ–आफ्नो स्थान फर्किसकेको उनले बताए । याफ्टिङ सुकुटे विच रिसोर्टबाट सुरु भई चेहेरेसम्म गरिएको थियो ।

सुकुटे पर्यटन व्यवसायी संघले ¥याफ्टिङ बोर्ड र रिभर गाइड निःशुल्क उपलब्ध गराएको थियो । त्यस्तै फ्रिडम सोसल फाउन्डेसन लगायतका संस्थाहरूले पनि यसमा सहयोग पु¥याएका थिए । अपाङ्गता भएका व्यक्तिहरूले पनि साहसिक खेल र पर्यटनमा सक्रिय रूपमा सहभागी हुन सक्छन् भन्ने सकारात्मक सन्देश यो कार्यक्रमले दिएको सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिंह थापाले प्रतिक्रिया दिए ।
यो कार्यक्रमले नेपालको आन्तरिक पर्यटन प्रवद्र्धनमा एउटा नयाँ र सकारात्मक आयाम थपेको उनको भनाई छ ।