भोटेकोशी गाउँपालिका छैटौं राष्ट्रपति रनिङिशिल्डको उपाधि झिर्पु माविलाई

पुस १४, (२)८०) हिन्दी (सिन्धुपाल्चोक) । भोटेकोशी गाउँपालिका पालिका स्तरीय छैटौं राष्ट्रपति रनिङि शिल्डको उपाधि झिर्पु माविले हात पारेको छ ।

३ दिन सम्म चलेकाे प्रतियोगितामा १६ स्वर्ण, ३ रजत र १० कास्य गरी २९ पदक जम्मा गर्दै झिर्पु माविले प्रथम उपाधि हात पारेको हो । झिर्पुले सहभागी मध्ये सबैभन्दा बढी स्वर्ण पदक बटुल्न सफल भएको छ ।

त्यसैगरी उग्रचण्डी मावि लिस्ती उपविजेता बन्न सफल भएको छ । उग्रचण्डीले ८ स्वर्ण ७ रजत र १२ कास्य गरी २७ पदक जितेको थियो । त्यसैगरी ५ स्वर्ण, ८ रजत र ७ कास्य गरि २० पदक जित्दै भिमसेन माविले तेस्रो स्थान हात पारेको छ ।

बिहिबार, शुक्रबार र शनिबार चलेको प्रतियोगितामा भोटेकोशी भित्रका ६ विद्यालयले भाग लिएका थिए । गाउँपालिका अध्यक्ष पासाङनुर्पु शेर्पाले विजयी विद्यालय तथा विद्यार्थी खेलाडिहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

स्मरण रहोस् झिर्पू माध्यमिक विद्यालय सोवरस् एक्सन नेपाल र सोवरस् एक्सन हङकङको सहयोगमा १२ कक्षा सम्म दिवा खाजा र चिनिँया भाषा कक्षा संचालन हुने एक मात्रा सामुदायिक विद्यालयको परिचय बनाएको संगै गत साल पनि भोटेकोशी गाउँपालिका पालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङि शिल्डको उपाधि हात पारेको थियो । विद्यालयमा नयाँ व्यवस्थापन समितिको नेतृत्वमा पालिका स्तरीय खेलकुदमा मात्रा होइन व्यवस्थापन र गुणस्तरमा समेत सिन्धुपाल्चोक जिल्ला कै उत्कृष्ट बन्ने बाटोमा रहेको त्याहाँका स्थानीयले बताएका छन् ।