चौतारा अस्पतालले ३० वर्ष माथिका नागरिकको निशुल्क स्वास्थ्यपरिक्षण गर्ने


मंसिर २१, चौतारा । जिल्लाको सबैभन्दा जेठो अस्पताल चौतारा अस्पतालले ३० बर्ष भन्दा माथिका नागरिकको निशुल्क स्वास्थ्य परिक्षण गर्ने भएको छ ।

वार्षिक स्विकृत कार्यक्रम अन्र्तगतको मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम गर्न चौतारा अस्पतालले सोमबार सार्वजनिक सूचना जारी गरेको छ ।

अस्पतालले जारी गरेको सूचना अनुसार मंसिर २२ गते देखि प्रत्येक हस्ताको शुक्रबार बिहान ८ बजे देखि सुरुवात गर्ने भएको छ । जसमा ३० वर्ष माथिका स्वास्थ्य व्यक्ति, मुटुरोग, मधुमेह, क्यान्सर र दिर्घ स्वासप्रस्वास रोग लागेका ३० वा सो भन्दा माथि उमेरका स्वास्थ्य व्यक्तिहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिनेछ । अस्पताल प्रशासनका अनुसार अस्पताल टिकट काउन्टरमा आई अग्रिम नाम दर्ता गराउनुपर्नेछ ।

अस्पतालका अनुसार तालिम प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीबाट जाँच गराईने उक्त सेवामा दमखोकीको लागि क्याट टेस्ट, तौल, उचाई पेटको मोटाई, उक्त रक्तचाप, पिसाबको जाँच, दिसामा शुक्ष्म रगतको जाँच, रगतमा चिनीको जाँच, मृगौलाको जाँच, कजेलोको जाँच, लिपिड प्रोफाईल, फोक्सोको जाँच, छातीको एक्सरे, ईसिजी, यु.एस.जी, भि.आई.ए जाँच, परामर्श लगाएत स्वास्थ्य सेवा रहेका छन् ।
एकदिनमा जम्मा ३० जना मात्र जाँच गरिने चौतारा अस्पताल स्रोतले बताएको छ ।