हिमालय सिमापार वाणिज्य संघमा जुट्यो सहमती, सबै निर्विरोध

दिनेश दुलाल
चैत्र १६, काठमाडौं । नेपाल हिमालय सिमापार बाणिज्य संघमा अध्यक्ष देखि सबै पदाधिकारी निर्विरोध भएका छन् । संघको २१ औ साधरण सभा तथा १०औ अधिबेशनको मनोनयन दर्ताका क्रममा सबै पदाधिकारीमा एकल उम्मेदवारी परेपछि अध्यक्ष पद लगाएतमा निर्विरोध भएको नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष बच्चु पैडेलले जानकारी दिए ।
उनका अनुसार संघको साधारणसभा तथा अधिवेशन २१ गतेलाई ताकिएको छ । जसअनुसार आज मनोनयन दर्ता भएको थियो । मनोनयन दर्ताका क्रममा कसैको दावी विरोध नभएपछि सर्वसहमत भएको पौडेलको भनाई छ ।

पौडेलका अनुसार सर्वसहमत हुनेमा अध्यक्ष अशोक कुमार श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष रामहरी कार्की, प्रथम उपाध्यक्ष कुमार श्रेष्ठ, उपाध्यक्ष सुजित बस्नेत, सुरेश श्रेष्ठ ,अर्जुन कार्की र नयन बहादुर पण्डीत क्षेत्री देखिएका छन् । त्यस्तै महासचिव भरत कार्की, बरिष्ठ सचिव भक्त बहादुर पराजुली, सह –कोषाध्यक्ष लाल बहादुर बस्नेत निर्विरोध भएका हुन् ।
संघको २१ औं साधारणसभा तथा १० औं अधिवेशनले अध्यक्षमा निर्विरोध भएका अशोक कुमार श्रेष्ठ लगाएतलाई निर्वाचित गरेको घोषणा गर्ने छ । वाँकी सदस्यहरुको पनि सहमतिकै आधारमा टुङ्गो लाग्ने अध्यक्ष पौडेलको भनाई छ ।
राष्ट्रिय प्रज्ञा भवन कमलादीमा सुरुवात गर्ने भनिएको साधारणसभा तथा अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष पौडेलले जानकारी दिए ।