बाल्यकालमै बिवाह गर्दाको पीडा, मनमायाँ परिन बिचल्ली

दिनेश दुलाल
असोज १४, फुलपिङकट्टी (सिन्धुपाल्चोक) । भोटेकोशी गाउँपालिका वडा नम्बर १ अन्र्तगत सेमुङकी १९ वर्षीय मनमायाँ बिक अहिले घर न घाटको भएकी छिन् ।
उनका श्रीमानले शारिरिक याताना दिएर घरमा बस्न नदिएपछि न्याय माग्न मंगलबार मनमायाँ भोटेकोशी गाउँपालिका आईपुगिन । १५ वर्षमै स्थानीय २२ वर्षका जितबहादुर बिकसंग भागी बिवाह गरेकी मनमायाँको ३ वर्षको छोरो छ । दुधेबालक काखमा खेलाउन पर्ने बेलामा श्रीमानले घरमा बस्न नदिएपछि माईतीमा बस्न थालेकी छिन् उनी । अहिले उनी न्याए माग्न गाउँपालिका पुगेकी हुन् । सामन्य भनाभन हँुदा पनि श्रीमान जितबहादुरले शारिर यातना दिने गरको उनले दुःखेसो पोखिन । यातनाकै कारण राम्रोसंग हिँडडुल गर्न नसकेको उनले बताईन । आफुलाई बाल्यकालमै भगाएर बिवाह गरेपनि अहिले भने घरमा बस्न नदिएको उनले सुनाईन । ‘तँ अर्कै केटो खोजेर बिहे गर, म अर्को केटी ल्याउँछु भन्दै उसले मलाई घरबाट निकालिदियो’, मनमायाँले रुँदै भनिन् । श्रीमानको यातनाले हिड्नै नसकेपछि दुईदिन लगाएर आमा संगै गाउँपालिका आईपुगेको उनले बताईन । छोरीलाई सुत्केरी अवस्थामै जितबहादुरले यातना दिने गरेको मनमायाँकी आमा मेथु बिकले बताईन । बिहे गरेको ३ महिनामै झगडा हुने गरेको उनले सुनाईन । एकवर्ष अगाडि गाउँपालिकामा जितबहादुरलाई झिकाएर कागज गरेपनि पुनः पटक–पटक दोहोरिएकोले आफुले न्याए नपाएको मनमायाँको भनाई छ ।

उनी गाउँपालिकाले न्याए दिन नसके जिल्ला अदालत जाने बताउँछिन् । ‘अब त्योसंग बस्दिन, अदालत गएर क्षतिपूर्ति सहित छोडपत्र गर्छु’, मनमायाँले भनिन् । उनीसंग रहेको दुधेबालक ३ वर्षको छोरा जितबहादुरले खोसेर लगेपछि झनै मनमायाँ पीडामा छिन् । ‘छोरालाई पाँचवर्ष सम्म पाल्ने अधिकार मेरो छ, त्यसपछि उसैलाई फिर्ता गर्छु, छोरो दिलाईदिन प¥यो’, गाउँपालिका उपाध्यक्ष दाबुटीसंग मनमायाँले आँखामा आँशु टिल्पिलाउँदै बिन्ति गरिन ।

एकवर्ष अगाडी आफुले मनमायाँको समस्या हल गरेपनि फेरी बल्झिएको गाउँपालिका उपाध्यक्ष दाबुटी शेर्पाको भनाई छ । ‘एकवर्ष अघि केटाकेटी दुवैलाई न्यायिक समितिले सम्झाएर पठाएको हो, अब मिल्न नसके छोडपत्र गरिदिनपर्छ’, न्यायिक समितिकी संयोजक शेर्पाले भनिन् । मनमायाँले बालबिवाह गरेपनि गाउँपालिका न्यायिक समितिमा बालबिवाह मुद्दा नआएको उपाध्यक्ष शेर्पाको भनाई छ । २० वर्ष यतालाई नेपालको कानुनले बालबिवाह भन्दै गैरकानु ठहर्छ तर मनमायाँले १५ वर्षमै आफुभन्दा ७ वर्ष माथिको पूरुषसंग वाध्यतामा विवाह गरेकी छिन् । पालिकामा समेत बालविवाह कति छन् भन्ने कुरा कुनै तथ्याङ्क छैन् । अझै बालबिवाह गर्ने समस्या सोही गाउँपालिकाको वडा नम्बर २ मा हुन सक्ने प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद निरौलाको भनाई छ । गाउँपालिकाले सफ्टवेयर मार्फत अनलाईन डाटा सुरु गरिएकाले केही समयमै वास्तविक तथ्याङ्क बाहिर ल्याईने उनले बताए । ‘अब १५ दिनमा अनलाईन तथ्याङ्क भर्ने काम सकिन्छ, त्यसपछि वास्तविक ठहर्ने छ’, प्रमुख प्रशासकीय अधिकृत निरौलाले भने ।
जिल्लामा एकदर्जन भन्दा बढी बालबालिका र महिला अधिकारका बारेमा पैरवी गर्ने संघसंस्था छन् । तर बालविवाह गरेर लैङिगक हिंसाको चपेटा परेकी विकट सेमुङकी मनमायाँ भने न्याय नपाएर भौतारी रहेकी छिन् ।
तल भिडियो हेर्नुहोस

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.youtube.com%2Fwatch%3Fv%3DCSWfi5Y2k2w%26feature%3Dshare%26fbclid%3DIwAR3gCjt_kMAK7to2O09fLJgLZAVyKy1YdoVSWYwtDWomHHta_SM2tq1oB9I&h=AT140A-n7ISVrlhlGqfwl5CmgAQHcrTxz5KCoiWeLCNJ4ZCoUjbnLgHtcbZAqo6dWFh-CM3En-mhJ0YYa6l4QWC3d8mQhIPksKoV8xX_N7uigst_RmhNU25dTeSs6CVAHY_D5A