बागमति प्रदेश सरकारद्वारा जनयुद्व दिवसको अबसरमा सार्वजनिक विदा दिने
माघ २८, हेटौंडा । बागमती प्रदेश सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै फागुन १ गते जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिने जनाएको छ ।
यस्तै कर्णाली प्रदेश सरकारले पनि प्रदेश तथा स्थानीय तहका लागि फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउने निर्णय गरेको छ । त्यसका लागि कर्णाली सरकारले बिदाको घोषणा गरेको छ ।
२०५२ साल फागुन १ गते तत्कालिन विद्रोही नेकपा माओवादीले संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको शुरुवात गरेको थियो ।
२०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि शसस्त्र विद्रोह औपचारिक रुपमा अन्त्य भएको हो ।
सशस्त्र विद्रोह सुरु भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको छ ।