प्रभावकारी बन्यो चौतारा साँगाचोकगढीको जेष्ठ नागरिक क्लिनिक कार्यक्रम

निर्मल बस्नेत
माघ १६, चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका नगर स्वास्थ शाखाले सञ्चालन गरेको जेष्ठ नागरिक क्लिनिक कार्यक्रम प्रभावकारी संगै अन्तिम चरणमा पुगेको छ ।

नगरको जानकारी अनुसार १७ गते वडा नम्बर ९ र १८ गते ६ नम्बरमा शिविर हुनेछ । नगरको नयाँ जनप्रतिनिधि आाएयता प्रत्येक टोल बस्तीमा गएर स्वास्थ सेवा दिने लक्ष्य अनुरुप जेष्ठ नागरिक क्लिनिक कार्यक्रम अघि सारिएको नगर स्वास्थ शाखा प्रमुख शिव पुरीले बताए ।
उनका अनुसार नगरपालिकाको वडा नम्वर २ मा १ सय २७ जना र ३ मा सोमबार गरिएको शिबिरमा महिला ७८ र पुरुष ५२ गरि जम्मा १ सय ३० जनाले सेवा लिएका छन् ।

सेवा लिनेहरु उच्च रक्तचापका १३, चिनी रोग १ सय ३ जनामा गरिएकोमा १२ जनालाई देखिएको, ६१ जना वालवालिकाको पोषण जाँच गरिएकोमा २ जना वालवालिका कुपोषित भेटिएको छ ।

त्यस्तै वडा नम्बर ३ मा ६७ महिला र ३० पुरुष गरी ९७ जनाको परिक्षण गरिएकोमा आँखा परिक्षण ९५ गरिएकोमा १ जनालाई मोतियाबिन्दु देखिएको छ । त्यस्तै १२ जनाको गर्भवती जाँच, ८१ जनाको रगत परिक्षणमा २ जनालाई चिनीरोग देखिएको नगर स्वास्थ्य शाखा अधिकृत दिनेश नेपालले जानकारी दिए । शिबिरमा ६ महिनाको वालवालिकादेखी ९० बर्षको वृद्ववद्वाले सेवा लिएका छन् ।

सेवा लिनेहरुको माग र आवश्यकता अनुसार नगरपालिकाले उक्त शिविरलाई अभियानकै रुपमा निरन्तर अघि बढाईने भएको छ ।
२ वटै वडाको शिबिर नगर प्रमुख कृष्णप्रसाद सापकोटाले प्रत्येक्ष अवलोकन गरेका थिए । शिबिर आएकाहरुले नगरप्रमुखलाई सिंचाई, खानेपानी, बिद्धुत र सडकको योजजाको समेत माग गरेका छन् ।

मेयर सापकोटाले नगरमा माग भएका योजना र थप गर्नुपर्ने कामहरुको पनि अवलोकन गरिएको छ । स्थानीयको मागलाई आवश्यकताको आाधारमा प्राथमिकता दिई काम गर्ने बचन दिएका छन् ।