जीवन सुधार साना किसान कृषि सहकारी अध्यक्षमा पाेष्टबहादुर

असाेज २१, भाेटेकाेशी गाउँपालिकाकाे वडा नम्बर ४ मा रहेकाे जीवन सुधार सहकारी संस्थाकाे सञ्चालक समितिकाे अध्यक्षमा पाेष्ट बहादुर खड्का पुन: निर्वाचित भएका छन् ।

जीवन सुधारकाे चाैधाै साधारणसभा तथा अधिवेशनबाट
खड्का अध्यक्ष पदमा निर्बिरोध रुपमा निर्वाचित भएका हुन् । टुकीसंघ सुनकाेशीका पूर्व अध्यक्ष समेत रहेका खड्का २०६६ सालदेखी २०७६ सालसम्म अध्यक्ष भएर सहकारीलाई सर्वसाधारण जनतासम्म परिचित गराएका थिए । १० वर्ष पछि चाैधाै साधारण सभाले ९ सदस्यीय सञ्चालक समिति सर्वसहमत निमार्ण भएकाे सहकारीका सचिव वीरबहादुर तामाङले सिन्धुज्वालालाई जानकारी गराए ।

उनका अनुसार सञ्चालक समितिकाे पदाधिकारीमा उपाध्यक्ष निर्मला पौडेल, सचिब वीर बहादुर तामाङ, कोषाध्यक्ष अनेस प्रसाद नेपाल रहेका छन् । त्यसैगरी सदस्यहरूमा मेख बहादुर खड्का, कृष्ण कुमारी पौडेल, फुर माया तामाङ, ग्यानर्पु शेर्पा र शिव थापा रहेका छन् ।

त्यस्तै लेखा समितीमा खडग बहादुर बुढाथोकी संयोजक रहेका छन भने सदस्यमा राम बहादुर थापा, र सदस्य कमल कुमार काफ्ले निर्बाचित भएका छन् ।

सहकारीमा निकै पाकाे, अनुभवी र ईमान्दार रहेका खड्काकाे नेतृत्वमा बनेकाे नयाँ सञ्चालक समिति अाएसंगै जीवन सुधारले नयाँ गति लिने नवनिर्वाचित उपाध्यक्ष निर्मला पाैडलकाे ठहर छ । जीवन सुधारकाे कार्यक्षेत्रमा भाेटेकाेशी गाउँपालिका भरी रहेकाे छ ।