
तातोपानी नाकालाई दसैंअघि सहज बनाइने लि चान्सुले दिए आश्वासन

भदौं २८, काठमाडौं । नेपालको प्रतिनिधिसभा र चीनको राष्ट्रिय जनकंग्रेसबीच मैत्रीपूर्ण सम्बन्ध र सहयोग सुदृढ गर्न ६ बुँदे समझदारी भएको छ । सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा सोमबार नै आइपुगेका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
द्विपक्षीय प्रतिनिधिमण्डलबीच वार्ताका दौरानमा सभामुख सापकोटाले लि संग बन्द रहेको तातोपानी नाका सुचारु गरिदिन आग्रह गरेका थिए । जवाफमा लीले तातोपानी तथा केरुङ लगाएत नाका नेपालीहरुको चाड दसैंअघि नै नाकालाई सहज बनाउने आश्वासन दिएका थिए । उनले केरुङ–काठमाडौं रेलमार्ग निर्माणलाई अघि बढाउने लगायत विषय पनि उल्लेख गरेका थिए ।
महिनौ बिति सक्दा समेत नाका सुरुचारु नभएको भन्दै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमालय सीमापार वाणिज्य संघ लगाएत व्यापारी व्यवसायीहरुले आईतबार परराष्ट्रमन्त्री डा. नारायण खड्का समक्ष ज्ञापनपत्र बुझाएका थिए ।
सिन्धुपाल्चोक उद्योगवाणिज्य संघ र नेपाल हिमालय सीमापार संघका पदाधिकारी तथा व्यवसायीहरुले नाका सुचारु गरिदिएर व्यवसायको वातावरण बनाईदिन आग्रह गरेपछि मन्त्री खड्काले दशैं अघि नै नाका सुचारु गर्न पहल थालिने बचन दिएका थिए । सोही भोलिपल्ट लि नेपाल आएका हुन् ।
पहिलो भेटनै जनकंग्रेस अध्यक्ष ली चान्सु संग गरेका सभामुख सापकोटाले एक चीन नीतिमा नेपालको प्रतिबद्धता उल्लेख गर्दै लाई त्यसमा ढुक्क रहन आग्रह गरेका थिए । भेटवार्तामा सापकोटाले सभामुख सापकोटाले चीनले नेपाललाई अरनिको राजमार्ग, कोभिड–१९ को खोप लगायतमा गरेको सहयोगबारे चर्चा गरेका थिए । दुई मुलुक र जनताबीचको द्विपक्षीय सम्बन्ध थप गहन बनाउन र सहयोगमा योगदान पुर्याउन बहुआयामिक माध्यमबाट सबै तहमा अन्तरसंसदीय आदानप्रदान र सहयोग सुदृढको प्रयास गर्ने समझदारी पनि भएको छ । समझदारीको तेस्रो बुँदामा नेपाल र जनवादी गणतन्त्र चीनका दुई व्यवस्थापिकाबीच उच्चस्तरीय भ्रमण र सम्पर्क आदानप्रदानमा प्राथमिकता दिने भनिएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासपात्र अध्यक्ष ली सोमबार ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका हुन । उनलाई स्वागत गर्न सभामुख सापकोटा विमानस्थलमा पुगेका थिए ।
यस्तो छ सम्झौताको बुँदा
– दुवै पक्ष आपसी विश्वास सुदृढ र विकास गर्न एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एकअर्काको स्वतन्त्र रुपमा छनोट गरिएको सामाजिक प्रणाली र विकास पथको सम्मान गर्न तथा एकअर्काका मूल हित र महफ्वपूर्ण सरोकारका विषयमा साथ दिन सहमत भएका छन्
– दुवै पक्षले दुई राष्ट्र र जनताबीचको द्विपक्षीय सम्बन्ध थप गहन बनाउन र सहयोगमा योगदान पु¥याउन बहुआयामिक माध्यमबाट सबै तहमा अन्तरसंसदीय आदानप्रदान र सहयोग सुदृढ गर्न प्रयास गर्नेछन्
– दुवै पक्षले नेपाल र जनवादी गणतन्त्र चीनका दुई व्यवस्थापिकाबीच उच्चस्तरीय भ्रमण र सम्पर्कको आदानप्रदानमा प्राथमिकता दिनेछन्
– दुवै पक्षले संसदीय मैत्री समूहहरुलाई उनीहरुको संलग्नता अभिवृद्धिका लागि प्रोत्साहन गर्नेछन् र साथ दिनेछन् तथा दुई व्यवस्थापिकाबीच सद्भाव र समझदारी प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्न प्रोत्साहन गर्नेछन्
– दुवै पक्षले एकअर्काको विधायिकी, सुपरिवेक्षकीय र शासन सञ्चालनसम्बन्धी अभ्यासका बारेमा जानकारी आदानप्रदान गर्ने र दुई सरकारबीच सहमति भएबमोजिम बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत समेत दुई राष्ट्रहरुबीच अन्तरआबद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महफ्व दिनेछन्
– दुवै पक्ष साझा हितको विषयमा इन्टर पार्लियामेन्टरी युनियन लगायतका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संसदीय संगठनहरुको खाका अन्तर्गत सहयोग सुदृढ गर्न सहमत भएका छन ।