शिक्षा नै विकासकाे पहिलाे आधार हाे – सभामुख सापकोटा

निर्मल बस्नेत /चाैतारा
भदौ ८ — सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान परिवेशमा समाजकाे एेना भनेकाे शिक्षा नै हाे । शिक्षा नै बिकास र चेतनाकाे अाधार भएकाे बताएका छन् ।

क्याम्पसकाे बार्षिक उत्सव कार्यक्रमकाे उदघाटन गर्दै सभामुख अग्निप्रसाद सापकाेटा

चौतारा सांगाचोकगढी –५ स्थित चौतारा बहुमुखि क्याम्पसको बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हाल चेतनाको खडेरी पर्दै गएकाेले बिचारकाे मन्थनमा जाेड दिन शिक्षाप्रेमीलाई अाग्रह गरे ।
सभामुख सापकोटाले भने, “तपाईँहरूको आसिरवादले आज म सभामुखको जिम्मेवारीमा छु । राज्यका तीन अङ्गमध्ये एक अङ्गको प्रमुख बनाउनुभएको छ, तपाईँको यो विश्वास र भरोसालाई धोका दिने छैन । उनले राजनीतिक सहमतिका आधारमा गतिरोध अन्त्य भएको र संसदले गती लिएको समेत बताए । पुनःस्थापित सदनबाट नै विभिन्न बिधेक पास हुदै समस्याको सामाधन निस्केको उल्लेख गरे ।

क्यापसको २२ औ बार्षिक उत्सवको अवसरमा आवसरमा आयोजित कार्यक्रमका सहभागी बक्ताहरुले चौतारा बहुमुखि क्याम्पसकाे शैक्षिक श्रीबृद्दीकाे कामना गरेका थिए ।
सो क्याम्पसका प्राचार्य नगेन्द्र प्रसाद दंगालले वार्षिक प्रतिवेदन पेश गरेका थिए । प्राचार्य दंगालले क्युएए प्राप्तीको बाटोमा क्याम्पस रहेको उल्लेख गर्दै लाईब्रेरी ब्यवस्थापन देखि अनुसन्धान मुलक कार्य र प्रयोगात्मक शिक्षामा जोड दिदै जाने उल्लेख गरे ।
२०५८ सालबाट सञ्चालन रहेको उक्त क्याम्पसले शिक्षा विषयको स्नातक तहको तिनवर्षे कार्यक्रम प्रारम्भ गरेको थियो । त्यस्तै विगत ५ वर्षअघि स्नातकोत्तर तहको अनुमति पाएको थियो भने तिन वर्षदेखि दिनेश रामजी बहुप्राविधिक शिक्षालय कक्षा समेत साेही क्याम्पसमा सञ्चालनमा छ ।
कार्यक्रममा सभामुख सापकोटाले क्याम्पसकाे अतिरिक्त क्रियाकलापमा बिजय हासिल गरेका र परिक्षामा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरेका थिए । कार्यक्रम जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख, अविभावक तथा विद्यार्थीहरुको सहभागितामा बिबिध साँस्कृतिक कार्यक्रमसहित सम्पन्न भएकाे छ ।