सारथि अभियान नेपालद्वारा बाह्रबिसेमा ३ दिने किशाेरी उदघाेषण तालिम सम्पन्न

फागुन २१, बाह्रबिसे (सिन्धुपाल्चोक ) । जिल्लाकाे एक सामाजिक संस्था सारथि अभियान नेपालद्वारा बाह्रबिसे नगरपालिकालाई केन्द्रित गरि किशाेरीहरूका लागि ३ दिने उद्घघाेषण तालिम सम्पन्न भएकाे छ ।

बाह्रबिसे नगरपालिकाकाे अार्थिक सहयाेग तथा सारथि अभियान नेपालकाे अायाेजनामा फागुन १८ गते देखि सुरूवात गरिएकाे उक्त तालिममा बाह्रबिसे नगरपालिका भित्रका ४० किशाेरीहरूलाई सहभागिता गराईएकाे थियाे ।
किशाेरीहरूकाे क्षमता वृद्धि तथा नेतृत्व विकासका लागि गरिएकाे उक्त तालिमकाे समापन शुक्रबार गरिएकाे हाे ।
उदघाेषण तालिमकाे समापन कार्यक्रमलाई सम्बाेधन गर्दै बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जाे शेर्पाले नगरपालिकाले जनताका अन्य विकासका काम जस्तै युवा युवतीहरूकाे वाैद्धिक क्षमता विकासकाे लागि लगानी गरेकाे बताए ।

विकास भनेकाे सडक लगाएत अन्य पूर्वाधार निमार्ण गर्नु मात्रै हाेईन किशाेर किशाेरीहरूकाे वाैद्धिक क्षमताकाे विकास पनि हाे`, मेयर शेर्पाले भने ।

साेही समापन कार्यक्रमलाई सम्बाेधन गर्ने क्रममा मेयर शेर्पाले महिलाहरूलाई लक्षित गरेर बाह्रबिसे नगरपालिकाले मन्टेश्वरी माध्यमबाट दुईदर्जन भन्दा बढीलाई राेजगारी उपलब्ध गराईएकाे समेत जानकारी गराए ।

समापन कार्यक्रमलाई सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका कार्यलय प्रमुख ईश्वरी चालिसे विभिन्न वडाका प्रमुखहरू लगाएतले सम्बाेधन गरेका थिए ।
समापन कार्यक्रम उदघाेषण तालिममा सहभागी प्रशिक्षार्थीबाटै गराईकाे सारथि अभियान नेपालकी अध्यक्ष सुमित्रा अधिकारीले जानकारी दिईन । उनका अनुसार कार्यक्रम सञ्चालन प्रशिक्षार्थी स्वस्तिका नेपाल, स्वागत रन्जिता थापा मगर तथा कार्यक्रमकाे बारेमा मन्जु तामाङले धारणा राखेकी थिईन ।

किशाेरीहरूकाे लागि ३ दिने तालिम उत्कृष्ट भएपनि अपुग भएकाे प्रशिक्षार्थी तामाङले बताईन ।
संस्थाले किशाेरी तथा ४० बर्ष उमेर समुहलाई जिल्लाका प्रत्येक पालिकाहरूमा कार्यक्रम सञ्चालन गर्ने याेजना रहेकाे अध्यक्ष अधिकारीकाे भनाई छ ।

३ दिने उदघाेषण तालिममा दिल कार्की, कला अनुरागी तथा शकुन्तला जाेशीले प्रशिक्षककाे भूमिका निर्वाह गरेका थिए ।
उदघाेषण तालिमलाई सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले काे समेत सहयाेग रहेकाे साे संस्थाले जनाएकाे छ ।