मेलम्चीमा अक्सिजन प्लान्ट स्थापना
माघ ९, मेलम्ची (सिन्धुपाल्चोक ) । जिल्लाकाे मेलम्ची नगरपालिकाकाे नगर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । अाईतबार स्थापना गरिएकाे अक्सिजन प्लान्ट मेलम्ची नगरपालिका, संसद् विकास कोष, ह्योल्मो सिन्धु मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति लगायतको सहयोगमा जडान गरिएको हाे ।
४८ सिलिन्डर क्षमता प्लान्टबाट अक्सिजन उत्पादन गर्ने गरि स्थपना गरिएकाे अक्सिजन प्लान्टकाे शुभराम्भ मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालले गरेका हुन् ।
अक्सिजन प्लान्ट स्थपना भएसंगै ग्रामीण क्षेत्रका बासिन्दालाई सस्तो मूल्यमा मेलम्चीमै स्वास्थ्य सेवा दिन सकिने नगर प्रमुख अर्यालले बताए । दैनिक ४८ सिलिन्डर भर्न सकिने क्षमताको प्लान्ट जडान भएपछि मेलम्ची लगायत आसपासका क्षेत्रमा अक्सिजनको अभाव सिर्जना नहुने समेत उनकाे भनाई छ । अक्सिजन अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले मेलम्ची अक्सिजन प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याइएकोमेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले बताए ।
झन्डै रु ९५ लाख लगानीमा भवनसहित अक्सिजन प्लान्ट निर्माण भएको मेलम्ची नगरपालिकाका जनस्वास्थ्य प्रमुख ज्ञानेन्द्र घोरसैनीले जानकारी दिए। अक्सिजन प्लान्ट स्थापना भएसँगै मेलम्ची, हेलम्बु, पाँचपोखरी, इन्द्रावतीलगायत यस भेग आसपासका नागरिकलाई सहज हुने मेलम्ची नगरपालिकाले जनाएको छ ।