
भन्सार जस्तो संवेदनसिल क्षेत्रमा दिउसै चोरी, गाडी भेटियो तर चोर भेटिएन

मंसिर २२, तातोपानी (सिन्धुपाल्चोक) । चारैतिर सशस्त्र प्रहरीको घेरा छ । चौविसै घण्टा सिसि टिभिको निगरानी छ । त्यसमाथि संयौंकोे चहलपहल हुने लार्चा सुख्खा बन्दरगाहमा दिउसै चोरी हुन्छ भनेर कसरी पत्याउनु ? तर घटना यथार्थ भएको छ ।
चीनसंग जोडिएको देशकै महत्वपूर्ण उत्तरी नाका तातोपानी भन्सार कार्यालयमा भएको चोरीको सन्दर्भ हो । मंगलबार भन्सार परिसरबाटै तामाको क्वायल चोरी भएको छ । चोरी भएको एकघण्टामै चोरी गरिएको सामग्री र चोरीमा प्रयोग गरिएको स्कारपियो गाडी नियन्त्रणमा लिईसकिएको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए ।
‘गाडी र सामान नियन्त्रणमा लिएका छौं, मुद्दा दर्ताको प्रक्रियामा गइसकिएको छ’, भन्सार प्रमुख गौतमले भने, ‘अब अनुसन्धानको क्रममा जान्छ, त्यसबाट के देखिन्छ त्यहि अनुसार अगाडी बढ्छ ।’
चोरीमा संलग्न व्यक्तिहरु भने पक्राउ गर्न नसकिएको भन्सार अधिकृत गौतले बताए । व्यक्तिको पहिचान प्रारम्भिक नखुलेको भएपनि गाडी समातिएपछि छिट्टै पत्ता लाग्ने उनको भनाई छ । उनका अनुसार सिसि फुटेज क्यामारामा दिउसोको २ः३० बजे चोरी भएको देखिएको छ ।
भन्सारमा दुई लेयरको सेकुरेटी भएकोले चोरी गर्न सम्भव नभएपनि केहीले प्रयास मात्रै गरेको उनले जिकिर गरे ।
प्रहरीले तामाको मसिनो ७ थान क्वायल सहित स्कारपिओ गाडी बरमाद भएको उनले बताए । उक्त सामाग्री आयोजनाले जाँचपास गरेर नलैजाँदै चोरी भएको हो । चोरी गरिएको तार सहित गाडीको पिछा गरेर डाकलाङ पुगेर सुरक्षा टोलीले बदमाद गर्न सफल भएको थियो तर गाडी चालक भने फरार रहेका छन् ।
भन्सार जस्तो संवेदनसिल ठाउँमा कसरी चोरी भयो सबै आश्चार्यमा छन् । चारै तिर सुरक्षाको घेरा भएको ठाउँमा चोरीको प्रयास गरेपनि उम्पकन पाउन नसक्ने उनले जिकिर गरे ।
बरमाद भएको बाहेक कति जति चोरी भएको भन्ने कुरा अनुसन्धानकै क्रममा रहेको उनले बताए । उनका अनुसार एक क्वाईलको १० हजार मूल्य पर्न आउँछ । भोटेकोशी आयोजनाको प्रयोगको लागि आएको उक्त तामाको क्वाईल मंगलबार मात्रै भन्सार आईपुगेको प्रमुख भन्सार अधिकृत गौतमले जानकारी दिए ।
चोरीमा संलग्नको पहिचान नखुले पनि केहीले भने गोविन्द पौडेल माथि आशंका गरेका छन् । निर्माणधिन मध्यभोटेकोशी आयोजनामा संलग्न चिनियाँ ठेकेदार कम्पनी हाइड्रो इलेक्ट्रिक ग्वान्सिङ कन्ट्रक्सन ब्युरोका नेपाली प्रतिनिधि रहेका पौडेल मध्यभोटेकोसी जलविद्युत् कम्पनीका तत्कालीन सीईओ मणिकुमार काफ्ले संगको अडियो रेकर्डमा मुछिएका व्यक्ति हुन् । काफ्ले संगकै मिलेमतोमा हाईड्रोको सामान चोरी गरेर अन्यन्त्र विक्री गर्ने गरेको उनी माथि आरोप छ । यद्यपि दोभाषे पौडेल नेपाली प्रतिनिधिका रुपमा हटिसकेका छन् । पछिल्लो घटनाको बारेमा उनीसंग फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।