परपूरुष संग मिलेर श्रीमानको हत्या

मंसिर २२,
चौतारा (सिन्धुपाल्चोक) । जुगल गाउँपालिका–३ गुम्बाका छेवाङ लामाको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
३९ वर्षीय छेवाङको हत्या गरेको अभियोगमा सोहीका बर्ष ३६ का कान्छलाल लामा र बर्ष २८ की निमा साङमो तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

कर्तव्य ज्यान कसुरमा पक्राउ परेका व्यक्तिहरुको सार्वजनिक गर्न जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बुधबार राखेको पत्रकार सम्मेलन

उनीहरुलाई आज जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । हत्या आरोपमा पक्राउ परेकी निमा साङमो मृतक छेवाङकी श्रीमति हुन् । हत्या हुनको विस्तृत अनुसन्धान हुन बाँकी रहेपनि निमा स्याङमाको परपूरुषसंग यौन सम्बन्धका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजन अधिकारीले जानकारी दिए । हामी अनुसन्धानकै क्रममा छौ, प्रारम्भिक अनुसन्धानमा हत्याका कारण अवैध यौन सम्बन्ध हुन सक्छ’, प्रहरी उपरिक्षक अधिकारीले भने ।
उनका अनुसार मृतकको श्रीमति र परपुरूष बीचको अनैतिक सम्बन्ध रहेको विषयमा मृतक छेवाङ र उनकी श्रीमति निमा साङमो बीच खटपट भएको थियो ।

गुम्बामा छेवाङ लामाको हत्या गरेको स्थान

प्रहरीका अनुसार छेवाङको २० गते रती १२ बजे हत्या भएको थियो । हत्या पछि गाँउ नजिकै रहेको ठाडो खहरे बग्ने खोल्सामा नलले छोपेको अवस्था भटिएको हो । राति नै छेवाङको हत्या भएको खवर त्याहाँका स्थानीयले टेलिफोन मार्फत इलाका प्रहरी कार्यालय, जलविरेमा खवर गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दक्ष कुमार वस्नेतले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका अनुसार तत्काल घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बस्नेतको कमाण्डमा गएको टोली घटना स्थल पुगेको थियो । हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तत्कालै कान्छालाल र निमा साङमोलाई प्रक्राउ गर्न सफल भएको डिएसपी बस्नेतको भनाई छ ।

ज्यान सम्बन्धी कसूरको दफा १७७ अनुसार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी बनाईएका उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला अदालत सिन्धुपाल्चोकबाट ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले दिएको तथ्याङ्क अनुसार यस आर्थिक वर्ष यता कर्तव्य ज्यान कसुरमा पक्राउ परिएका सबै तत्काल प्रहरीको सक्रियतामा पक्राउ भएका हुन् । अधिकांश हत्याका घटना आर्थिक सम्बन्धी देखिएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।