एमालेको पकड रहेको गाउँ सिंगै माओवादीमय बन्यो, एकै दिन ७१ जना प्रवेश

कार्तिक २१, चौतारा (सिन्धुपाल्चोक) । सदरमुकाम चौताराबाट उत्तरतर्फ रहेको एउटा गाउँ सिंगै माओवादीमय बनेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका ३ नम्बर वडा रहेको खाले गाउँ यसअघि एमालेले जितेको वडा थियो । तर माओवादी केन्द्र वडा नं ३ वडा कमिटीको आयोजनामा आईतबार गरिएको गाँउ भेलामा गाउँ सिंगै माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्रका स्थानीय नेता तथा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मिलन लामाले सिन्धुज्वालालाई बताए । उनका अनुसार भेलामा खाले गाउँका ७१ भन्दा बढी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

उनीहरुलाई माओवादी केन्द्रका जिल्ला ईन्चार्ज कृष्णप्रसाद सापकोटा तथा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले खादा र अबिर लगाईदिएर प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश पछिको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि कृष्ण प्रसाद सापकोटाले विभिन्न आन्दोलन तथा दश वर्षे जनयुद्धको विभिन्न उपलव्धि, गणतन्त्र रक्षाको लागी माओवादी फेरी एकपटक जुट्ने बेला आएको बताए । त्यस्तै नगर प्रमुख अमानसिं तामाङले नगरको समग्र विकास तथा वडाको आधारभुत आवश्यकता शिक्षा, स्वास्थ्य, रोजगार र सडक स्तरोन्नती विकासमा पछाडी परेको खालेमा गरिने प्रतिवद्धता समेत जनाए ।

स्मरण रहोस उक्त वडा सदरमुकामबाट छोटो दुरीमा रहेपनि विकासमा निकै पछाडी छ । सदरमुकाबाट जाने मुल सडक समेत स्तर उन्न्नती हुन सकेको छैन् ।

यसैबीच आईबार भएको गाँउ भेलाले २ वटा टोल कमिटी, र २ वटा वाई सेल कमिटी गठन गरेको छ । दुधराज तामाङको अध्यक्षतमा १५ सदस्यीय टोल कमिटी, र रेशम तामाङ को अध्यक्षतामा १३ सदस्यित टोल कमिटी गठन गरेको छ । त्यसैगरी भेलाले वाई सेल कमिटी कान्छामान तामाङको अध्यक्षतामा १५ सदस्यित वाई सेल कमिटी, लक्ष्मण तामाङको अध्यक्षतामा १७ सदस्यित वाई सेल कमिटी गठन गरेको छ । माओवादी केन्द्रमा प्रवेश गर्दै दुधाराज तामाङले आउने दिनहरुमा माओवादी केन्द्मा रहेर अगाडी वढ्ने बताए । कार्यक्रम रामकुमार लामाको अध्यक्षतामा तथा कार्यक्रम संचालन मिलन लामाले गरेका थिए ।

माओवादी केन्द्रमा प्रवेश गर्ने नामवालीहरु
दुधराज तामाङ
रेशम तामाङ नेपाली कंग्रेस
आशा बहादुर तामाङ
देव तामाङ
वगाने तामाङ
मिने तामाङ
प्रेम बहादुर तामाङ
राज तामाङ
चिन वहादुर तामाङ
मिलन तामाङ
राजु तामाङ
विशाल तामाङ
विर काजी तामाङ
हर्कमान तामाङ
रामकाजी तामाङ
सोम बहादुर तामाङ
श्रीकामी तामाङ
निर वहादुर बोमजन तामाङ
विशाल तामाङ क)
कृष्ण तामाङ
जितमान तामाङ
साजन तामाङ
अनिश तामाङ
दमई सिं तामाङ
सानुमायाँ तामाङ
दुर्गा लोप्चन तामाङ
साईला तामाङ
राजु तामाङ
चिन बहादुर तामाङ
कामी तामाङ
सञ्जीमाई तामाङ
आकाश तामाङ
सुन्तली तामाङ
हेली तामाङ
फुलमायाँ तामाङ
सितामाई तामाङ
न्येमा वोम्जन
काजीलाल तामाङ
चिन बहादुर तामाङ
विपरानी तामाङ
मंगली तामाङ
अस्मिता तामाङ
सविना बोम्जन
सुनिता तामाङ
विमला तामाङ
मनिषा तामाङ
पोठे तामाङ
रेशम तामाङ
अस्मिता तामाङ क)
अस्मिता तामाङ ख)
पासाङ लामा तामाङ
वाङडोम्मो तामाङ
ठुलिमायाँ तामाङ
जरीमायाँ तामाङ
चरिमायाँ तामाङ
लालु लोप्चन
संगिता तामाङ
रेलिमाई तामाङ
अशामाई
तामाङ
धन बोम्जन
राम बोम्जन
लंखमाई तामाङ
रच्छुमाई तामाङ
रेशम तामाङ
बावु तामाङ
जगजित तामाङ
कामी तामाङ
सांङबहादुर तामाङ