बाह्रबिसे नगरपालिकाकामा अक्सिजन सहित २५ वेडको आईसोलेसन निर्माण

दिनेश दुलाल
बैशाख २८, बाह्रबिसे (सिन्धुपाल्चोक) । जिल्लाका स्थानीय तहहरूले आइसोलेसन निर्माण कार्यलाई तीव्रता दिएका छन् । कोरोना भाइरसको संक्रमण सिन्धुपाल्चोक मा तीव्ररूपमा बढ्न थालेपछि आइसोलेसन निर्माणतर्फ नगरपालिका तथा गाउँपालिकाहरू जुटेका हुन् ।
१२ स्थानीय तह रहेको जिल्लामा अन्य स्थानीय तहसंगै बाह्रबिसे नगरपालिकाले समेत तदरुपता देखाएको छ ।

बाह्रबिसे नगरपालिकाले शारादा माध्यामिक विद्यालय सुनकोशी नजिकै आफैंले निर्माण गरेको भवनमा अक्सिजन सहित २५ वेडको आईसोलेसन वार्ड निर्माण गरिएको गाउँपालिकाकी उपप्रमुख शुशिला पाख्रिनले सिन्धुज्वालालाई बताईन । ‘हामीले आफैंले बनाएको भवनमा आईसोलेसन वार्ड बनाएका छौं’, उपप्रमुख पाख्रिनले भनिन । उनका अनुसार यो भवन नगरपालिकाले आईसोलेसन निर्माण गर्न भन्दै गत साल २२ दिनमै तयार गरेको थियो । हाल उक्त आईसोलेसनमा ३ जना कोरोना संक्रमितको उपचार भईरहेको उपप्रमुख पाख्रिनले बताईन । उनका अनुसार नगरपालिकाभरी जम्मा सोमबार सम्म १२ जना संक्रमित रहेका छन् । नगरपालिकाले १५ बेडकाे जगेडा अाईसाेलेसन समेत तयारी अवस्थामा रहेकाे पाख्रिनले बताईन । स्थानीय तहको तुलनामा बाह्रबिसे नगरपालिकामा संक्रमितको संख्या निकै कम हो । नगरपालिकाभित्र थप संक्रमित फैलन नदिन जनप्रतिनिधी तथा कर्मचारीले विषेश स्वास्थ्य सुरक्षा अपनाएर सचेतनाको काम गरिरहेको उनले बताईन । उसोत उपमेयर पाख्रिनले आफुले चढ्ने गरेको नगरपालिकाले उपलब्ध गराएको गाडी स्वाब संकलन लगाएत प्रयोजनका गर्न भन्दै कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको लागि दिने निर्णय गरेर चर्चा पाईसेकी छिन् । यसैगरी बाह्रबिसे लगाएत अन्य स्थानीय तहहरुले समेत आइसोलेसन निर्माण कार्यलाई तिव्रता दिएका छन् । जसमा चौतारा साँगाचोकगढी नगरपालिका, मेलम्ची नगरपालिका, जुगल, त्रिपुरासुन्दरी, लिसंखुपाखर, पाँचपोखरी थाङपाल, हेलम्बु, ईन्द्रावती, बलेफी र भोटेकोशी गाउँपालिकाले आइसोलेसन निर्माण थालेका छन् । चौतारा साँगाचोकगढी नगरपालिकाले मेलचौर तथा फिल्डटे«निङ सेन्टर, जुगले रत्न राज्य मावि चनौटेमा आईसोलेसन बनाएका छन् ।