मेलम्ची नगरपालिकाले गरेको ¥यापिड टेस्टमा सबै नेगेटिभ

३ बैशाख २०७७
मेलम्ची (सिन्धुपाल्चोक) । मेलम्ची नगरगपालिकाले आज गरेका द्रुत स्वास्थ्य परिक्षण (¥यापिड टेस्ट) मा सबै रिर्पो नेगेटिभ देखिएको छ । गरपालिकाको पह लमा हिजो वडा नम्बर १ र ३ गरी ७ जना र आज वडा नम्बर १२, ३ र ५ नम्बर वडामा गरेको ९ जनाको ¥यापिड टेष्टमा सबैको नेगेटिभ रिपोर्ट आएको मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले सिन्धुज्वालालाई बताए उनका अनुसार वैदेशिक रोजगारबाट नेपाल फर्किएका उनीहरु सबै मेलम्ची स्थायी बसोबास गरेका बासिन्दा हुन् ।

नगरपालिकाले हिजो १, ३ र ७ लाई लक्षित गरिएको ¥यापिड टेष्ट नगरपालिकाको मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौर स्वास्थ्यचौकीमा गरिएको थियो । जसमा भारतबाट २, दुबईबाट ३, मलेशीयाबाट १ जना फर्किएका थिए । त्यसैगरी आज सोही पालिकाको वडा नम्बर ३, ५ र १२ लाई लक्षित गरि गरिएको ¥यापिड टेष्ट बाहुनेपाटी स्वास्थ्यकेन्द्रमा गरिएको थियो । जसमा भारतबाट ४, भुटानबाट २, कतारबाट १ र जनकपुरबाट १ जना फर्किएका थिए ।

नगरपालिको बाँकी सबै वडाहरुमा भोलि हुने ¥यापिड टेष्ट मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा गरिन लागिएको उनले जनाकारी दिए ।
विभिन्न मुलकबाट आएका नागरिकहरुको हालसम्म १६ जनाको स्वास्थ्य परिक्षण गरिएको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. विनोद केसीले जानकारी दिए । उनका अनुसार भोली २० जनाको परिक्षण गराईने छ ।
वैदेशिक रोजगारीमा गएकाहरुको ¥यापिड टेष्ट मार्फत कोरोना संक्रमण भए नभएको जाँच भएपछि वृद्ववृद्वामा समेत परिक्षण सुरुवात गरिने नगरका उपप्रमुख भगवती नेपालले जानकारी दिईन ।
स्मरण रहोस मेलम्ची नगरपालिका भित्र हाल सम्म कोरोना संक्रमित भेटिएको छैन । सम्भावित संक्रमितको लागि आवश्यक आईसुलेसन वार्ड तथा क्वारेन्टाईन वार्ड निमार्ण गरिएको मेलम्ची नगरपालिकाले जनाएको छ ।