सुनकाेशी बस दुर्घटनामा १९ घाइते,एक अवस्था गम्भिर(नाम सहित)
ज्वाला संवाददाता
खाडीचौर । सुनकाेश गाउँपालिकास्थित थुम्पाखरकाे ११ किलाे भन्ने स्थानमा बस दुर्घटना भएकाे छ । दोलखाको सिंगटीबाट काठमाडौ जाँदै गरेको रोल्वालिङ यातायातको बा २ ख २७८९ नम्बरको बस लामोसाघु जिरी सडक खण्डकाे ११ किलोमा दुर्घटना भएको हाे । मंगलबार दुरघटना भएकाे उक्त यात्रुबाहक बस दुर्घटनामा परी १९ जना घाइते भएका छन । घाईते मध्य एकजनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । घाईते सबै जनाकाे भने पहिचान खुलेको छ ।
प्रहरीले दिएकाे जानकारी अनुसार घाईते मध्ये बलेफी गाँउपालिका ७ का वर्ष ३७ का सिताराम थापाको अवस्था गम्भीर रहेकोले उनलाई थप उपचारको लागि काठमाण्डौ पठाईएकाे छ । उनीसहित तीन जनालाई थप उपचारका लागि काठमाडौं लगिएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले बताए ।
अन्य घाईतेकाे खाडीचौर स्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको छ । तिव्र गतिमा आएको बस सडक छेउमा पल्टिएको हो । चालक फरार रहेका छन् ।
घाइतेको नामावलीः
शंकर नेपाली, गोकुलगंगा—४, रामेछाप
सितारामा थापा, बलेफी—६, सिन्धुपाल्चोक
जंग बहादुर ठकुरी, विगु—३, दोलखा
भक्त बहादुर तामाङ, विगु—४, दोलखा
रोहीत क्षेत्री, विगु—४, दोलखा
रोशन थामी, कालिन्चोक—६, दोलखा
सर्द थामी, भि.न.पा.—७, दोलखा
विन्दु लामा, सुनापाती—४, रामेछाप
पासाङ तामाङ, चागुनारायण नपा, भक्तपुर
पदम बहादुर श्रेष्ठ, गौरीशंकर—८, दोलखा
बल बहादुर तामाङ, विगु—४, दोलखा
करिश्मा नेपाली, विगु—४, दोलखा
मनिता नेपाली, विगु—४, दोलखा
तारा थापा, कालिञ्चोक—५, दोलखा
शुसीला खड्का, विगु, दोलखा
शर्मिला ठकुरी, विगु—४, दोलखा
शर्मीला नेपाली, गोकुलगंगा—४, रामेछाप
निर्माया तामाङ, चागुनारायण नपा, भक्तपुर
पार्वती लामा, गौरीशंकर—८, दोलखा