ओलीको सुरक्षाका लागि दर्जनौ सुरक्षाकर्मी थप, राष्ट्रपतिलाई बाहिर ननिस्कन सेनाको सुझाब
पौष २५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली माथि सुरक्षा चुनौति थपिएको भन्दै सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या बढाईएको छ । यसअघि नेपाली सेना कर्णेलको नेतृत्वमा प्रधानमन्त्री ओलीको सुरक्षामा ५० भन्दा बढि नेपाली सेनाको टोलीे परिचालित हुने गरेको थियो । तर पछिल्लो राजनैतिक घटनाक्रमसंगै प्रम ओली विभिन्न सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुन थालेपछि भैरवनाथ गणबाट थप २५ जना प्रधानमन्त्रीको सुरक्षामा खटिएका छन् । प्रधानमन्त्री सहभागी हुने कार्यक्रम स्थलहरुका सादा पोशाकका सुरक्षार्की मात्रै खटाईने गरेपनि अब भने हातहतियार सहितका सुरक्षाकर्मी उपस्थित हुनेछन् ।
यस्तै अदालतमा विचारधिन रहेको प्रतिनिधिसभा विघटनको मुद्दा किनारा नलागेसम्म राष्ट्रपति भण्डारीलाई शितलनिवास बाहिर नजान सुरक्षा अधिकारीहरुले सुझाब दिईएको बताईएको छ ।
यसैबीच प्रम ओलीले प्रधानसेनापति पूर्णचन्द्र थापासंग पटक पटक भेटवार्ता गरेका छन् । यसअघि प्रधानसेनापतिले नियमित भेटघाट गर्ने गरेपनि पछिल्ला दिनहरुमा दोस्रो तहका अधिकारीहरु सहित प्रम ओलीसंग भेटघाट बढाएका छन् । प्रधानसेनापछि थापाले प्रधानमन्त्रीसंग भेटघाट बढाईएसंगै बढुवाका लाईनमा रहेका दोस्रो तहका सेनाका अधिकारीहरुले भने असन्तुष्टी जनाएको स्रोतले बताएको छ । प्रतिनिधिसभा पुर्नस्थपनाको माग राख्दै नेकपाका प्रचण्ड–नेपाल लगएत अन्य दलहरुले देशभरी आन्दोलन चर्काएसंगै ओली सहभागी कार्यक्रममा निकै कडाई गर्न थालिएको छ । त्याहाँ कार्यक्रममा जाने सहभागीहरुले कालो माक्स, कालो रुमाल तथा कालो टोपी लगाउन प्रतिवन्ध लगाईएको सोही कार्यक्रममा सहभागी एक कार्यकर्ताले बताएका छन् । कालो माक्स समेत लगाएर कार्यक्रममा प्रवेश गर्न नदिएको भन्दै ओलीकै कार्यकर्ता रुष्ट देखिएका छन् ।
(स्रोतः २५ गते बिहान ११ बजेको ईमेज समाचारबाट)