शिवश्री हाईड्रोपावर फेरी विवादमा, प्रहरीकै आडमा क्षतिपूर्ति बिनानै प्रशारण लाईन विस्तार

दिनेश दुलाल
पौष ३, बाह्रबिसे (सिन्धुपाल्चोक) । यसअघि पटक–पटक विवादमा मुछिएको शिहवश्री हाईड्रोपावर यसपटक पनि विवादमा मुछिएको छ । भोटेकोशी गाउँपालिकाको वडा नम्बर याङ्लेमा ९ वर्ष अगाडि सुरु भएको १ सय ३२ केवी क्षमताको निर्माणधिन शिवश्री हाईड्रोपावरले गातिका स्थानीय प्रभावितलाई दिनपर्ने क्षतिपूर्ति बिनानै प्रशासरण लाईन विस्तार गरिएको भन्दै बाह्रबिसे नगरपालिकामा सहजीकरणको लागि निवेदन दिएका छन् । यसअघि विद्युत चोरी गरेको तथा मध्यभोटेकोशी आयोजनाको निर्माण सामग्री लगेको भनेर विवादित भनेको शिवश्री पछिल्लो समय स्थानीयसंगकोे विवादमा फसेको छ । ड्याम देखि सुनकोशी गाउँपालिकासम्म पु¥याईने प्रशासरण लाईन विस्तारमा प्रभावितको बिना क्षतिपूर्ति प्रहरीकै आडमा रातारात विस्तार गरिएको प्रभावित स्थानीयले बताएका छन् ।

हाईड्रोपावरले टाँगेको प्रशारण लाईन मुनि आफ्नो भोगचलन गर्दै आएको जग्गा हुँदा समेत क्षतिपूर्ति माग्दा उल्टै प्रहरी प्रशासनको आडमा जर्वदजस्ती लाईन विस्तार गरिएको स्थानीय पीडित पीडित संजय तामाङले सिन्धुज्वालालाई बताए । हाईड्रोपावरले प्रहरी प्रशासनको आडमा १ गते राती लाईन विस्तार गरिएको उनले दावी गरे । हाईड्रोपावरको पक्षमा नेकपाका केही नेताहरु समेत लागेको उनले आरोप लगाए । ‘हामी पीडितहरुलाई क्षतिपूर्ति दिनहुँदैन भनेर सञ्चालक खत्री सहित केही स्थानीय नेकपाका कार्यकर्ताहरु समेत लागेको देखियो’, स्थानीय पीडित तामाङले सिन्धुज्वालासंग भने । प्र्रभावितको क्षतिपूर्ति नदिएसम्म काम गर्न नहुने भन्दा प्रहरीले उल्टै थुनिदिने धम्की दिएको उनले दुःखेसो पोखे । आफुले अहिलेसम्म खेतीयोग्य जमिन भोगचलन गरेपनि हाईड्रोपावरले कुनै क्षतिपूर्ति नदिएको उनको भनाई छ ।
त्यस्तै हाईड्रोपावरको टावर निर्माणमा काम गरेको ज्याला समेत नपाएको गातीका स्थानीय शंकर तामाङले बताए । आफुले ६ वर्ष देखि काम गरेको १ लाख १५ हजार लिन बाँकी रहेको उनले बताए । आफुलाई हाईड्रो सञ्चालक खत्रीले पटक–पटक दिन्छु भनेर नदिएको उनले दुःखेसो पोखे । उनका अनुसार तामाङ जस्तै काम गरेर ज्याला नपाउँने थुप्रै कामदार छन् ।
उसोत शिवश्री हाईड्रोपावरले प्रशारण लाईन विस्तारका क्रममा सयौं रोपनी क्षेत्रफलमा रहेको गातिको सामुदायिक बन फँडानी गरेर नोक्सान पु¥याएको त्याहाँका स्थानीय प्रभावितहरुले बताएका छन् । हाईड्रोपावरको टावर राख्दा र प्रशारण लाईन विस्तारमा सयौं रुखबिरुवा बिनाश भएको गाती स्थित माझो सामुदायिक बनका अध्यक्ष रामदास श्रेष्ठ बताए । ‘बन बिनास नगर्न सामुदायिक बनको निर्णय समेत राखेर सञ्चालकलाई निवेदन दिएका थियौं तर कुनै सुनुवाई भएन’, सामुदायिक बनका अध्यक्ष श्रेष्ठले भने । बन बिनासले बाढीपहिरोको जोखिम बढेको उनले बताए । हाईड्रोपावरले वातवरण बिनास न्युनिकरण सम्बन्धी स्थानीयलाई कुनै सुनुवाई नगरेको समेत उनकोे आरोप छ ।
शिवश्री हाईड्रोपावरले स्थानीय प्रभावितहरुको माग सुनुवाई नभएको भन्ने निवेदन सहितको गुनासोे नगरपालिकामा आएको बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले सिन्धुज्वालालाई जानकारी दिए । ‘हाईड्रोपावरले स्थानीय पीडितलाई क्षतिपूर्ति समेत दिएको रहेछन, सामुदायिक बन समेत सखाप पारिएको भन्ने कुरा हामीकाँहा रिपोर्ट आएको छ’, नगरपालिकाका मेयर शेर्पाले भने । स्थानीय पीडितले क्षतिपूर्तिको माग गर्दा उल्टै प्रहरी लगाएर बलमिचाई गरिएको भन्ने आफुलाई पीडितहरुले गुनासो पोखेको उनले बताए । त्यसमा स्थानीय नेकपाका केही कार्यकर्ता समेत प्रभावित जनताको विपक्षमा देखिएको आफूलाई सूचना प्राप्त भएको उनले ठोकुवा गरे ।
तर पीडित भनिएकाहरुबाट ईलाका प्रहरी कार्यालय बाह्रबिसेमा भने कुनै निवेदन नआएको प्रहरी निरिक्षक देवेन्द्र शाहले बताए । ‘शिवश्री हाईड्रोपावरबाट मात्र हामीकाँहा निवेन आएको छ’, ईलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक शाहले भने । पैसाको बाग्रेनिङ गर्ने, थर्काउने र गुण्डाहरुले दुःख दिएको भनेर ठाडो निवेदन आाएको उनले बताए । स्थानीय प्रभावितसंग छलफल गर्न भन्दै आईतबार शिवश्री हाईड्रोपावरलाई पत्र पठाउन आफुले नगरपालिका मेयर निमफुञ्जो शेर्पालाई आग्रह गरिएको उनले बताए ।
यता हाईड्रोपावरको सञ्चालक मध्येका बिष्णु खत्रीले भने स्थानीय जनताको मुअब्जा कुनै बाँकी नराखेको बताए । ‘क्लवले हाईड्रोपावरलाई पैसा माग्यो उनीहरुलाई चन्दा दिन सकिदैन’ सञ्चालक खत्रीेले भने । हाईड्रोपावरको टावर निर्माणमा लागेका मजदुरहरुको समेत ज्याला भुक्तानी नगरेको भन्ने सन्दर्भमा खत्रीले ठेकेदारसंग सरोकारको विषय भएको हुनाले आफुले मजदुर र निर्माण ठकेदारको बीचमा छलफल गराईदिने बताए ।
हाईड्रोपावरको प्रशासरण लाईन विस्तार गर्दा गातिको सयौं क्षेत्रफल सामुदायिक बन नोक्सान भएको भन्ने सन्दर्भमा सञ्चालक खत्रीले वातवरणीय परिक्षणको आधारमा मात्रै अवरोध पु¥याउने खालका तोकिएका रुखविरुवा मात्रै हटाईएको स्पष्ट पारे ।