बागमति प्रदेश सरकारद्वारा बाह्रबिसे नगरपालिकालाई १५ लाख सहयाेग

बागमति प्रदेश सरकारद्वारा बाह्रबिसे नगरपालिकालाई १५ लाख सहयाेग गरिएकाे छ । बागमति प्रदेश विपद् व्यवस्थापन समितिकाे निर्णय बमाेजिम बाह्रबिसे नगरपालिका बाडी पहिराे पीडितहरूका लागि विपद् व्यवस्थापन समिति काेषमा रू.१५ लाख सहयाेग गरिएकाे हाे । छन् । उक्त सहयाेग हिजाे बागमती प्रदेश उधाेग, वन, वातारण तथा पर्यटन मन्त्री अरूण नेपालले बाह्रबिसे नगर प्रमुख निम फुन्जाे शेर्पालाई हस्तान्तरण गरेका थिए । उक्त सहयाेग बाढीपहिराे पीडितकाे लागि खर्च गरिने नगर प्रमुख निमफुञ्जाे शेर्पाले सिन्धुज्वालाई बताए ।
बाह्रबिसे नगरभित्र भएकाे बाढीपहिराे पीडितकाे लागि मन्त्री अरूण नेपालकाे पहलमा प्रदेश सरकारले सहयाेग प्रति बाह्रबिसे नगरपालिका परिवारकाे तर्फबाट मेयर शेर्पाले धन्यवाद समेत दिए ।