नेपाल तरुणदलद्वारा बाढीपहिरो पीडितलाई सहयोग

साउन ८, बाह्रबिसे (सिन्धुपाल्चोक) । नेपाल तरुणदलद्वारा सिन्धुपाल्चोकले बाढीपहिरो पीडितलाई राहत वितरण गरेको छ ।
एकसाता अघि भोटेकोशी तथा बाह्रबिसेमा आएको बाढीपहिरोमा कारण ज्यान गुमाएकाका परिवार, विस्थापित परिवार लगाएतलाई तरुण दलले राहत वितरण गरेको हो ।

बाढीपहिरोका कारण विपद्मा परेका परिवारलाई खाद्यन्न तथा नगद् सहयोग गरिएको नेपाल तरुण दलका जिल्ला अध्यक्ष दोर्जे लामाले सिन्धुज्वालालाई जानकारी दिए । ‘बाढीपहिरोबाट प्रभावित जनतालाई हामी तरुणका युवाहरु मिली सहयोग गरेका हौ’, जिल्ला अध्यक्ष लामाले भने । उनका अनुसार भोटेकोशीमा ७४ पिस त्रिपाल, ६ सय मिटर प्लाष्टिक र ४० बोरा चाम वितरण गरिएको हो । उक्त सामग्री कोदारीमा वितरण गरिएको थियो । त्यस्तै भोटेकोशी तरुणदल गाउँपालिका उपाध्य शंकी शेर्पाको नाम निशानै नरहनेगरी पहिरोमा घर परेपछि सो परिवारलाई २० हजार सहयोग गरेको अध्यक्ष लामाले बताए ।

यसैगरी तरुण दलले ३ नम्बर वडा पर्ने डाईपोर्टमा २१ जना बच्चालाई २१ वटा हर्लिक्स, ३ जना सुत्केरी र १६ जना अपाङ्गलाई १९ हजार नगद तथा ३५ बोरा चामल वितरण गरिएको थियो ।
त्यस्तै पालिकाको चार नम्बर वडा फुलपिङकट्टीमा २५ घर विस्थापित भएकोमा प्रत्येकलाई एक–एक बोरा चामल वितरण गरिएको थियो । त्यस्तै पाँचजना मृतकका परिवारलाई ३० हजार पैसा सहयोग गरेको उनले बताए ।

यसैगरी जम्बुमा प्रभावित ३५ घर परिवारलाई ९९ हजार पैसा प्रत्येक परिवारलाई हात हातमा दिईएको जिल्ला अध्यक्ष लामाले बताए । बाढिबाट प्रभावित खागदलका स्थानीयलाई नभेटिएपछि केही दिनभित्रै वितरण गरिने लामाले जानकारी दिए । उनका अनुसार प्रभावित जनतालाई वितरण गरिएको खाद्यन्न, पैसा र त्रिपाल लगाएत सामग्री नेपाल तरुणदल सिन्धुपाल्चोकका जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति तथा सम्पूर्ण गाउँपालिका तरुण सदस्यद्वारा चन्दा संकलन गरी वितरण गरिएको हो । सहयोगका लागि तरुणदलका जिल्ला अध्यक्ष दोर्जे लामा र तरुण विभागका केन्द्रीय सदस्य पासाङ नर्वु शेर्पाको सहयोग तथा सक्रियतामा भएको जिल्ला तरुणदलले जानकाकारी दिएको छ ।
स्मरण रहोस जिल्ला तरुण दलका अध्यक्ष दोर्जेकै नेतृत्वमा बाढी पहिरोको उच्च जोखिममा रहेको जुगल गाउँपालिकाको वडा नम्बर २ लिदिमाा केही दिन अघि मात्रै त्याहाँका विस्थापितहरुलाई राहत वितरण गरिएको थियो ।
बाढीपहिरो पीडितहरूलाई सोमबार ८५ थान त्रिपाल निःशुल्क विरतण गरिएको हो ।
पहिरोका कारण लिदी गाउँनै जोखिममा परेपछि सिन्धुपाल्चोक तरुणले त्रिपाल उपलब्ध गराएर गाउँलेहरूलाई सुरक्षित स्थानमा सारेको अध्यक्ष लामाले जानकारी दिए । नेपाल तरुण दल सिन्धुपाल्चोकले बाढीपहिरो पीडितहरूलाई करीव दुई लाख माथिको ८५ थान त्रिपाल वितरण गरिएको लामाले बताए ।