सिन्धुपाल्चोकमा दुईजनाकै रिपोर्ट नेगेटिभ

रबिन राई
जेठ १६, चौतारा (सिन्धुपापाल्चोक) । जिल्लामा पछिल्लोपटक आरडिटि टेष्ट(दु्रतपरिक्षण) मा पोजेटिभ देखिएका दुईजनाको रिपोर्ट नेगेटिभ आएको छ ।
केही दिन अघि आरडिटीमा पोजेटिभ देखिएका उनीहरुको स्वाब परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दर्गादत्त चापाँगाईले सिन्धुज्वालालाई बताए । स्वास्थ्य प्रमुख चापाँगाईका अनुसार पिसीआर रिपोर्ट आज नै आएको हो । परिक्षण गरिएका ईन्द्रावती गाउँपालिका वडा नम्बर ४ नवलपुरका हुन त्यस्तै परिक्षणमा एकजना सञ्चारकर्मी समेतको परिक्षण गरिएको थियो । वडा नम्बर ४ नवलपुरमा आरडिटी विधिबाट (कोभिड–१९) परिक्षण गर्दा ति व्यक्तिको रिपोर्ट पोजेटिभ आएपछि तुरुन्तै मेलम्चीको क्षेत्रीय आइसोलेसनमा लगेर स्वाब संकलन गरि टेकु अस्पताल पठाएको ईन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङले सिन्धुज्वालालाई जानकारी दिए । आरडिटी पोजेटिभ आएको व्यक्तिको स्वाब संकलन गरि टेकु अस्पताल पठाएको पिसिआर रिपोर्ट नेगेटिभ आएको अध्यक्ष तामाङले बताए ।