कोरोनाको कहर र सामजिक बहिस्करणको सम्भावना
अझै पनि समाजमा गाउँघरतिर एकअर्कालाई गाली तथा अपशब्द प्रयोग गर्न कसै–कसैले ’कोरी‘ अर्थात ’माहारोगी‘ भन्ने चलन छ । पहिले–पहिले समाजमा मानव शरिरका कुनै अंगमा कलो दाध वा घाउखटिरा आयो भने त्यसैलाई मानिसहरु ’कोर‘ लागेको भन्दथे । त्यहि कोरबाट कसैलाई गाली गर्दा ’कोरी‘ वा ’माहारोगी‘ भनियो । जतिबेला अस्पताल प्रयाप्त थिएन । न उपचारको विधि, प्रक्रिया र जनतामा चेतना नै थियो । झामीझाँक्री र झारफुकले निको पार्ने भएको कारण धेरैको अकालमा ज्यान जाने गरेको थियो । त्यसलाई मानिसले गलत अर्थमा प्रयोग गर्न थाले र सराप दिंदा त्यसलाई ’कोर‘ ले लैजाहोस भन्ने गरिन्थ्यो । अर्थात मन नपरेको शत्रुलाई ’कोरी‘ भनिन थालियो । छाला सम्बन्धि रोग ’कुष्टरोग‘ (केही वर्ष देखी विकसित भाषा) लाई सामजिक बहिस्कार हुने गरेको पूर्वजहरुको भनाईबाट थाहा पाउन सकिन्छ । यो रोगलाई पूर्वजन्मको भोग भनेर सामजिक अपहेलना गर्ने र छुँदा अरुलाई पनि सर्ने भएपछि मानिसलाई सामजिक बहिस्कार नै गर्ने परिपाटी बन्न थाल्यो । यसरी ईतिहासका विभिन्न कालखण्डमा विविध जटिल रोग वा माहामारी नआएका होईनन् । त्यसलाई मानिसले देवीदेवताको श्राप भनेर अथ्र्याउने गरेका थिए ।
किनकी यो २० औं शताब्दीको परिस्थिति थियो । यद्यपि त्यतिबेला अधिकांश जनता अशिक्षित भएको हुनाले सामजिक चेतना थिएन । रुढीवादी परम्परा थियो । विज्ञान विनाको यहि परम्पराले बल्लतल्ल मानिसको जीवन धानेको थियो । तर २१ औं शताब्दीको यो संघारमा मानिस निकै विकशिल र चेतनशिल भएका छन् । कयौं कालखण्डमा ईतिहासमा थुप्रै माहामारी आए तर विज्ञानको विकास र मानिसको उच्च चेतनाको कारण त्यस किसिमका माहामारी ईतिहासमै सिमित भएर गए । त्यस किसिमका माहामारी बेलाबखतमा आईरहन्छन् । विज्ञानको विकास संगै समाधानका उपाय र प्रतिरोध पनि भएकै छन् ।
तर पछिल्लो कालखण्डमा आएको कोरोना (कोभिड–१९) को माहामारी विश्वव्यापी रुपमा फैलिएको छ । यसले मानव जगत र विज्ञानलाई नै चुनौति दिईरहेको छ । चीनको बुहानबाट फैलिएको कोरोना यतिबेला विश्व ईतिहासकै संकट बनिरहेको छ । नेपाली शब्द ’कोर‘ संग मिल्ने ’कोरोना‘ भयानक ठूलो रोग बनेको छ । मानिसको ज्यानै लिईरहेको प्राणघातक यो रोगले मानव जीवनको संकटलाई त निम्त्याएको छ नै त्यसमाथि पनि यो रोगका कारण सामजिक बहिस्करण हुने भयले समाज अक्रान्त छ । श्वासप्रश्वास, थुक, सिंगान र हातबाट एकअर्कामा सजिलै सर्न सकिने भएका कारण यो रोग संक्रमित भएमा मानिसले हत्तपत्त छुने सम्भावना त छँदैछैन । केहीगरी मृत्यु भएमा घाटसम्म संस्कार्न पु¥याउने मानिस नै नहुने अवस्था सिर्जना भएको छ । यो सनसनीले प्रत्येक मानिसमा एउटा भय र त्रास उत्पन्न भएको छ । एकाध मान्छे संक्रमित हुँदा र मृत्यु हुँदा त मान्छे निस्केलान । यदि गाउँमै माहामारीको संक्रमण र मृत्युदर बढ्न थाल्यो भने के अवस्था होला ? आशा गरौं पक्कै यो अवस्था आउने छैन् र भएमा मानव जीवनले सजिलै सामाना गर्नेछ । अहिले समाजमा यस सम्बन्धी फैलिएको सन्त्रासको मानसिकताले भने सुखद् पक्ष छैन् । मानिलिउ अहिलेका जनप्रतिनिधि पनि त्यतिबेला सबै दुला पस्नेछन् । जनता त कुरै छाडौं सबै भागभागको स्थिति हुनेछ । त्यसपछि केही स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बाँकी रहनेछन् उद्दारका लागि निकै जोखिममा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले पनि धान्न नसक्ने अवस्था भएपछि के होला अवस्था ? यो कुनै काल्पनिक सोचाई होईन भोली हुने वास्तकिता हो । यहि अहिलेको गलत बुझाई र मानसिकता तथा सोचाईलाई सरकारले समेत पूर्ण विश्वस्त पार्न सक्नुपर्दछ । हामी जनता पनि सचेत हुन जरुरी छ यो रोगबाट संक्रमित हुनबाट । तर रोग लागेकालाई छि–छि दुर–गरेर होईन सावधानी अपनाएर एकअर्कालाई सहयोग गर्ने बानीको विकास गर्न जरुरी छ । सकेसम्म रोगबाट संक्रमण नै हुन नदिने गरी लकडाउनलाई पूर्ण रुपमा पालना गर्न आवश्यक छ । अहिले सम्म विश्वमा कोरोनाको कुनै औषधी नसिस्केको कारण हजारौंका ज्यान गईसकेको छ भने लाखौं संक्रमित भईरहेका छन् । यतिबेला पूर्ण सावधानी नै कोरोनाको जडुली औषधी बनेको छ । यसको अर्थ कारोना संक्रमितलाई छि–छि दुर–दुर गरेर र घृणाको भावले व्यवहार गर्नुपर्छ भन्ने होईन । पूर्ण सावधानी अपनाएर नै सहयोग गर्न सकिन्छ । ’नआत्तिउ तर सजग हौं‘ भन्ने मुल मन्त्र र विश्वासका साथ सम्भावित संकटलाई सबैले मिलेर सामना गर्न सके हाम्रो सामाजिक सदभाव र भाईचारा सम्बन्ध सदैव कायम गर्न सकिने कुरामा दुईमत हुन सकिदैन । तसर्थ यो संकटको घडिमा सबै नेपालीलाई सामजिक दुरी कायम गरौं तर सामजिक बहिस्कार हुनबाट जाृेगाऔं । ताकी भोलीको दिनमा उही हिजोकै जस्तो रुढीवादी प्रचलनमा गाली गर्दा ’तँलाई कोरोना सल्कियोस‘ भनेर गाली गर्ने गलत थिति नबनोस ।