भिम्टारमा चार बेडको अाइसुलेसन वार्ड तयार
रबिन राई (दनुवार)
चैत २२ भिम्टार (सिन्धुपाल्चोक)
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर १२ मा रहेको भिमेश्वरी बिद्यालयमा रहेको खालि भवनमा चार बेडको अाइसुलेसन वार्ड तयार भएको छ।
वडाको सहयोगमा चार बेडको अाइसुलेसन वार्ड तयार भएको हो।
विश्वभर फैलिएको कोरोना भाइरस अर्थात् (कोभिड १९ ) रोग रोकथामका लागि चार बेडको अासुलेसन वार्ड तयार पारिएको इन्द्रावती गाउँपलिका वडा नम्बर १२ को वडा अध्यक्ष कमल रत्न दनुवारले जानकारी दिए।
अाइसुलेसन वार्डमा बिशेष गरि विदेश बाट अाएको मानिसलाई खान बस्न गरि उचित व्यवस्था गरि राख्ने र यदि बिदेश बाट अाएको मानिस अाकस्मित बिरामी परेमा वा कोरोना भाइरस सँग मिल्दो लक्ष्यण देखिएमा तुरुन्तै धुलिखेल अस्पतालमा लैजाने ब्यबस्था रहेको अध्यक्ष दनुवारले बताए।
उनले सम्पूर्ण वडा बासिहरुलाइ बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस अर्थात् (कोभिड १९) रोग रोकथामका लागि सरकारले गरेको लकडाउ प्रावधान लाई सहयोग गरौ घरमै सेफ क्वारेन्टाइनमा बसौ अाफुनि बाचौ अरुलाई पनि बचाउ यदि लकडाउन उलङघन गरे स्थानीय प्रहरी भिम्टारद्वारा कार्बाहि गरिने उनले बताए।