बागमती प्रदेशसभा सांसद हुमागाईद्वारा सिपाघाट कृष्ण मन्दिर शिलान्यास

रबिन दनुवार
साउन २७, मण्डनदेउपुर (काभ्रे)। जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ सिपाघाटमा रहेको कृष्ण मन्दिर शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।
बागमती प्रदेशसभा सांसद माननीय बसुन्धारा हुमागाईको प्रमुख अतिथ्यतामा सिपाघाट कृष्ण मन्दिर शिलान्यास कार्यक्रम सम्पन्न भएको हो।
बागमती प्रदेशसभा सांसद माननीय बसुन्धारा हुमागाईले शिलान्यास कार्यक्रममा मन्तव्य राख्दै गर्दा कृष्ण मन्दिर निर्माणकालागि दसलाख आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।
उहाँले मन्तव्यकै क्रममा हामीले निर्वाचनका समयमा सिपाघाट बजारमा बसेर जुन किसिमले हामीले बिकासका कामहरु गर्ने प्रतिबद्धताहरु गरेका थियौ ती गरेका प्रतिबद्धताहरु क्रमशः पुरा गर्दै लैजाने सिपाघाट बासिहरुको मतको उच्च सम्मान गर्ने उहाँले बताउनु भयो ।
बिगत पाँच बर्ष देखि वन्न नसकेको कृष्ण मन्दिर आज बाट शिलान्यास भएर मन्दिर निर्माण हुने जस्तो छाटकाट देखिएको हुनाले हामी आसाबादि रहेको स्थानीय आनन्द श्रेष्ठले सिन्धुज्वालालाई बताउनु भयो ।

उहाँका अनुसार प्रदेश सांसद बसुन्धारा हुमागाई ले जुन किसिमले साच्चिकै धार्मिक स्थल प्रतिको चासो दिनुभएर मन्दिर निर्माणका लागि दसलाख सहयोग दिने प्रतिबद्धता गर्नु भएकोमा धन्यवाद दिदै हामी आसाबादि रहेको उहाँले बाताउनु भयो ।

शिलान्यास कार्यक्रममा प्रमुख अतिथिका रुपमा माननीय बसुन्धारा हुमागाई, मण्डनदेउपुर नगरपालिका उपप्रमुख , वडा अध्यक्ष डिल्ली प्रसाद आचार्य , बिद्यार्थी युवा नेता नवराज ढकाल, नेकपा सुझारु युवा नेता गणेश भण्डारी , समाजसेवी एवम् नेकपा सुझारु नेता अर्जुन आचार्य जिल्ला समन्वय सिमितका प्रतिनिधि , शेर बहादुर डोटेल, मन्दिर निर्माण समिति परिवार , लगायत सरोकारवालाहरुको बाक्लो उपस्थिति रहेको थियो ।