१४ दिन क्वारेन्टाईन बसेका एक वृद्धकाे निधन

चाैतारा (सिन्धुपाल्चाेक) । १४ दिन क्वारेन्टाईनमा बसेका सिन्धुपाल्चाेकका एक वृद्धकाे शनिबार राती निधन भएकाे छ । चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नम्बर १३ का ७० वर्षीय वृद्धा गएराती अाफ्नै घरमा अचानक बेहाेस भएपछि स्थानीय स्वास्थ्यचाैकीमा उपचारका लागि लैजादै गर्दा निधन भएकाे परिवार स्राेतले जनाएकाे छ ।
मृतक एक महिना अघि चाैतारा साँगाचाेकगढी नगरपालिकाले मेलचाैरमा स्थापना गरेकाे क्वारेन्टाईनमा दुईहप्ता बसेका थिए । काठमाडाैबाट घर अाएका उनी लगाएतलाई क्वारेन्टाईनमा राखी दुईपटक अारडिटी परिक्षण गरिएकाेमा सबैकाे रिपोर्ट नेगेटिभ अाएपछि सबैलाई घरमै सुरक्षित रहन भन्दै पठाईएकाे थियाे । जसमा मृतक समेत घरमै रहेका थिए । सामन्य अवस्थाका ती वृद्धा एक्कासी बेहाेस भएपछि उपचारमा लगिएकाे थियाे ।
राती १२ बजे मृत्यु भएका वृद्धकाे शव अहिले सम्म स्थानीय स्वास्थ्यचाैकी परिसरमै राखिएकाे छ । वृद्धकाे मृत्यु काेराेना कारण नदेखिएपनि १४ दिन क्वारेन्टाइनमा बसेकाले स्वाब परिक्षण गर्न जिल्ला विपद् व्यवस्थापन समिति (डिसिएमसी) मा कुराभईरहेकाे वडाअध्यक्ष राप्रसाद गाैतमले सिन्धुज्वालालाई बताए ।
उक्त घटनाका सन्दर्भमा निर्णय लिन तत्काल बैठक बस्न लागिएकाे जिल्ला समन्वय प्रमुख कृष्ण गाेपाल तामाङले जानकारी दिए ।