कराते खेलाडी अञ्जलीको उपचारमा सहयोग गर्नेको ओइरो, लाखौं सहयोग जुट्यो

चैत्र १७, काठमाडौं । लामो समयदेखि मृगौला फेल भएर उपचारर्थ सिन्धुपाल्चोककी कराते खेलाडी अञ्जली श्रेष्ठको उपचारमा सहयोग गर्नेहरुको ओइरो लाग्न थालेको छ ।

उपचारमा आर्थिक समस्या झेलिरहेका खेलाडी श्रेष्ठलाई लाखौंको सहयोग प्राप्त भएको कराते एशियन ग्यामका प्रशिक्षक ठूलोसिरुवारी निवासी गंगा श्रेष्ठले जानकारी दिए । उनका अनुसार बिहिबार सम्म अञ्जलीको उपचारको लागि सहयोगार्थ २३ लाख भन्दा माथि रकम संकलन भएको छ ।

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१३ ठुलोसिरुवारी, करातेका एक होनहार खेलाडी अन्जली श्रेष्ठ आज दुबै मिर्गौला फेल भइ टिचिङ हस्पिटलको आइसियु बेडमा उपचारर्थ छिन् । घरको आर्थिक अवस्था अत्यान्त नाजुक भएकी अञ्जलीको लागि प्रशिक्षक गंगालाल श्रेष्ठकै पहलमा उक्त रकम संकलन हुन सकेको हो ।

सम्पुर्ण खेलाडी, प्रशिक्षक, रेफ्री तथा खेलप्रेमी महानुभाव संघ संस्थाहरुले गरेकोमा सहयोग रकम समाजिक सञ्जाल मार्फत पार्दशिता गराइने उनले जानकारी दिए ।

दुवै मृगौला फेल भएर उपचारमा सहयोग गरिरहेका विपन्न व्यक्तिको सहयोगार्थ झण्डै २४ लाख संकलन भएको सिन्धुपाल्चोकको लागि पहिलो रेकर्ड रहेको जानकारहरु बताउँछन् । अञ्जली कराते खेलमा सिन्धपाल्चोक जिल्लाको मात्रै नभई एशिया स्तरको प्रतियोगितामा पदक पदक जितेकी नव प्रतिभा हुन । उत्साहजनक आर्थिक संकलन भएसंगै उनको मृगौला प्रत्यारोपण गर्न सहज हुने पारिवारिक श्रोतको भनाई छ ।