निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी पुरा, भयरहित वातावरणमा निर्वाचन गराउने लक्ष्य

निर्मल बस्नेत
११ फागुन, चौतारा ।फागुन २१ को प्रतिनिधी सभा निर्वाचनको लागि सिन्धुपाल्चोक जिल्लाको निर्वाचन सुरक्षाको सम्पूर्ण रुपले तयारी पुरा भएको छ । उक्त कुराको जानकारी गराउदै जिल्ला सुरक्षा समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले भयरहित वातावरणमा निर्वाचन गराउने लक्ष्य रहेको समेत बताए ।

सोमबार जिल्लाका सम्पुर्ण सुरक्षा निकायको प्रमुखहरुको सहभागितामा भएको सञ्चारकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रममा प्रजिअ अधिकारी उक्त कुरा बताएका हुन् ।
उनका अनुसार २ वटा अस्थाई समेत जिल्लाको ६ सय २३ वटा मतदान केन्द्रमा ३ हजार ८ सय हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने योजना रहेको छ । जिल्लाको ७७ केन्द्र सामान्य , ६३ संवेदनसिल र ६ मतदान केन्द्र भने अति संवेदनसील तथ्याङ्क सार्वजनिक गरेका हुन् । यसलाई मध्यनजर गरि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी सुरक्षामा खटिने भएको छन् ।

जिल्लाको कैदीबन्दी र कर्मचारीहरुलाई मध्यनजर गरिर जिल्ला प्रशासन कार्यालय र जिल्ला कारागार कार्यलय चौतारामा २ वटा अस्थाई मतदान केन्द्रको समेत व्यवस्थापन गरेको छ । जिल्ला कारागार कार्यालयमा रहेका कैदी बन्दीहरुले समेत मतदान गर्न पाउने भएका छन् ।
जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले दिएको जानकारी अनुसार समितिमा परेको उजुरी उपर सम्वन्धित उम्मेदवार र दलका प्रमुखलाई सच्याउन लगाईएको र कतिपय स्थानबाट संयोजक श्रेष्ठकै नेतृत्वमा हटाईएको बताए ।
यसैगरि निर्वाचनमा भाग लिने उम्मेदवारहरुले निर्वाचनको खर्च बैंकबाट गर्नुपर्ने र उक्त विवरण निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्नुपर्ने प्रावधान रहेको छ । उक्त प्रावधानमा टेकेर जिल्लाका २ वटा निर्वाचन क्षेत्रको ३६ जना उम्मेदवारमध्ये ४ जना उम्मेदवारले मात्र बैंक खाताको विवरण बुझाएको वितीय अनुगमन समसतिका संयोजक प्रमुख कोष नियन्त्रक देवराज लुइटेलले जनाकारी गराए । यसरी खाता सञ्चालनका लागि भनेर २० जनाले सिफारिस लगेको र बाँकी १० जनाले उक्त कुराको बेवास्ता गरिरहेको समेत बताए ।

फागुन २१ गते हुने निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर १ बाट १ लाख २६ हजार ८ सय ८५ र २ नम्बर क्षेत्रबाट १ लाख ३८ हजार १३ जना गरि कुल २ लाख ७४ हजार ९ सय ९८ जना मतदाताहरुले मतदान प्रकृयामा भाग लिदैछन् ।