दुलाललाई हेलम्बुकाे चुरेटारवासीले दिए खाजा खर्च
फागुन १०, सिन्धुपाल्चोक क्षेत्र नम्बयुवराज र २ का नेकपा उम्मेदवार युवराज दुलाललाई हेलम्बुवासीले खाजा खर्च बापद नगद सहयाेग गरेका छन् ।
चुनावी घरदैलोको क्रममा हेलम्बु गाउँपालिका-२ चुरेटारका स्थानीयले पैसा उठाएर उम्मेदवार दुलाललाई सहयोग गरेका हुन् ।
आज बिहान चुनावी घरदैलोको क्रममा चुरेटारका तीन जनाले आफ्नो गाउँमा घरदैलोको क्रममा खाजा र चिया खानका लागि भन्दै उक्त रकम सहयोग गरेका हुन ।
चुरेटारका भीमबहादुर बरूवाल, बलबहादुर ज्योती र भीम कुमारी ज्योतिले सहयोग गरेका हुन् ।
`विकास प्रेमी नेता युवराज दुलाललाई हाम्रो गाउँमा हिँड्दा खाजा र चिया खानका लागि खर्च दिएका हौं´ भीम कुमारी ज्योतिले भनिन् `उहाँले यसअघि आफू जितेको ठाउँमा धेरै विकास गर्नु भएको रहेछ । अब हाम्रो ठाउँमा पनि उहाँले जितेर विकास गर्नुहुन्छ भन्ने आशा छ ।´
`चौतारा र इन्द्रावतीमा उहाँले विकासको बाकस खोल्नु भएको रहेछ´ ज्योतिले भनिन् ` यसअघि हामीले धेरैलाई जितायौं तर कसैले केही गरेनन् अब युवराज दुलालले जितेपछि हाम्रो ठाउँमा पनि विकासको बाकस आउँछ` उनले भनिन ।
संक्षिप्त काेणसभामा उम्मेद्वार दुलालले चुरेटारबासीले खाजा खर्च सहित मायाँ दिएकाेमा निकै खुशी व्यक्त गर्दै जनताकाे मायाँलाई कदापि नभुल्ने बाचा गरे । जनताकाे मत सहितकाे मायाँले यहाँकाे विकास गरिने प्रतिवद्धता जनाए ।

