खेलकुद मार्फत पर्यनको विकास गर्ने लिसंखुपाखरको प्रयास, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सम्पदालाई
पौष ३०, सिक्रे । खेलकुद मार्फत खेल पर्यटनलाई विकास गर्ने योजनामा लिसंखुपाखर गाउँपालिकाले आफुलाई बढोत्तरी गर्दै लगेको छ ।
खेलकुद क्षेत्रलाई निकै प्राथमिकता दिएको गाउँपालिकाको आयोजनामा लिसंखुपाखर गाउँपालिकाद्वारा आयोजित गाउँपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबार सम्पन्न भएको हो । पुष २७ देखि २९ गतेसम्म सिक्रे खेलमैदानमा भएको उक्त प्रतियोगिताको समापन कार्यक्रमको पूर्व सांसद माधव सापकोटाको प्रमुख आतिथ्यमा भएको हो ।

प्रतियोगितामा सहभागी ११ वटा माविहरू सहभागी भएका थिए । जसमध्ये प्रतियोगिताको उपाधि श्री सम्पदा माविले हात पारेको छ । उसले १८ स्वर्ण, ९ रजत र ६ काश्य पदक जित्दै प्रथम स्थान हाँसिल गरी रनिङ शिल्ड जित्न सफल भएको छ । त्यस्तै ५ स्वर्ण ११ रजत ५ काश्य पदक जित्दै श्री निगाले माविले दोस्रोस्थान र ५ स्वर्ण ३ रजत ४ काश्य जित्दै श्री धर्मोदय मावि तेस्रो स्थान हाँसिल गर्न सफल भएको गाउँपालिका खेलकुद शाखाले जनाएको छ ।

निवर्तमान सांसद सापकोटाले समापन समारोहमा शैक्षिक सत्र २०८१ मा पालिकाबाट उत्कृष्ट जिपिए हासिल गर्ने एसइई र +२ का छात्र–छात्राहरूलाई नगद, सम्मानपत्र सहित सम्मान गरिएको हो ।
त्यस्तै ख्यातिप्राप्त खेलाडीहरूलाई समेत नगद, सम्मानपत्र सहित सम्मान गरिएको खेलकुद तथा शिक्षा विकास शाखाले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि सापकोटा, विशेष अतिथि, गाउँपालिका अध्यक्ष राजु लामा, उपाध्यक्ष मिठुदेवी लामा लगाएतले मन्तव्य राखेका थिए ।

