कृष्ण रत्नगंगा माविको ७९ औँ वार्षिकोत्सव सम्पन्न, समजसेवी, कलाकार, शिक्षक विद्यार्थीहरुलाई सम्मान
निर्मल बस्नेत
(२०८२ पौष १९ ) चौतारा । कृष्ण रत्न गंगा माविको ७९ औँ बार्षिकउत्सव तथा ५१ औँ अविभाबक भेला भव्यताका सम्पन्न भएको छ । उक्त अवसरमा समाजसेवी, कलाकार, शिक्षक विद्यार्थीहरुलाई विद्यालयले सम्मान गरेको छ । सम्मानित हुनेमा पूर्वमन्त्री देखि कलाकार सम्म रहेका छन् ।

वार्षिकोत्सव समारोहका प्रमुख अतिथी प्रतिनिधी सभाका पूर्व सभामुख अग्निप्रसाद सापकोटाले उनिहरुलाई सम्मान गरेका हुन् । कार्यक्रममा सम्बोधन गर्दै सापकोटाले संसारको सवैभन्दा राम्रो व्यवस्था समाजबाद नै भएको बताएका छन् । उनले समाजबाद २०७२ सालको संविधानमा समेत उल्लेख गरेकोले यसतर्फ सचेतपूर्वक लाग्न सम्पूर्ण पक्षलाई आग्रह गरेका छन् । सिन्धुपाल्चोक जिल्लाको जेठो बिद्यालयको प्राङ्गणबाट उक्त कुराको आग्रह गरे ।

नेपाली कम्युनिष्ट पार्टीको शिर्ष नेता रहेका सापकोटाले शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई नैतिकवान र आदर्सवान बन्न अपनाउनुपर्ने ज्ञानवर्दक कुराहरुको समेत बोध गराएका थिए ।
वर्तमान शिक्षा हातमा प्रमाणपत्र लिने मात्रै होईन अन्तर्राष्ट्रिय बजारमा बिक्न सक्ने उत्पादन गर्न जरुरी रहेको बताए । उनले व्यवस्था परिवर्तन भएपनि आधारभूत रुपमा जनताको अवस्था परिवर्तन नभएकोले यसतर्फ लागिपर्नुपर्ने आवश्यकता औल्याएका छन् ।
उनले शिक्षा पढ्नु मात्रै नभइ नैतिकवान चरित्रवान र अनुशासित बन्नु पनि हो भने । जसले समुदायलाई सामाजिकिकरण र कर्तव्यपरायन बनाउन सक्ने तर्क गरे । आगामी शिक्षा टिक्ने टिकाउने र बिक्ने बिकाउने शैक्षिक जनशक्ति उत्पादन गर्नमा जोड दिन बिद्यालयलाई आग्रह गरे । सापकोटाले बिद्यालयको नविकिरण नामक स्मारिका २०८२ समेत बिमोचन गरेका थिए ।

वडाध्यक्ष एवं वडा शिक्षा समितिका संयोजक शिव श्रेष्ठले बिद्यालयप्रति समुदायस्तरबाट प्रश्न उठ्ने गरेको सुनाए । उनले बिव्यस र बिद्यालय प्रशासनले उक्त कुरालाई गम्भिरतापूर्वक लिनुपर्नेमा जोड दिए ।
वडाअध्यक्ष श्रेष्ठले आम नगरबासीलाइ शिक्षित र समृद्ध बनाउनेमा लागिपरेको समेत बताए । अघिल्लो बर्षको तुलनामा अभिभावकले बिद्यालयमा चासो देखाएको प्रति खुसी व्यक्त गरे । बिद्यार्थीको रुचि र चाहना अनुरुप शिक्षण गरिनुपर्ने र सिर्जनात्मक बनाउनुपनर्मो जोड दिदै शैक्षिक सुधारमा सरोकारवालाहरुको सहयोग रहनुपर्ने बताए ।

विद्यालयले सामाजिक तथा शिक्षा क्षेत्रमा योगदान गर्नेहरुको कदर गर्दै सम्मान गरेको छ । यसरी सम्मानित हुने व्यक्तित्वहरुमा पूर्व मन्त्री, वागमती प्रदेश सभाका सदस्य विद्यालयप्रति श्रद्धाभाव राख्ने व्यक्तित्व युवराज दुलाल, चौतारा साँगाचोकगढी नगरपालिकाका अभिभावक शिक्षा क्षेत्रलाई माया गर्ने व्यक्तित्व एवम् नगर प्रमुख कृष्ण प्रसाद सापकोटा, खानेपानी तथा ढल व्यवस्थापन कार्यालय रामेछापका प्रमुख सिनियर डिभिजन ईन्जिनियर तथा पूर्व विद्यार्थी चौतारा निवासी राजेन्द्रप्रसाद कक्षपति, विद्युत नियमन आयोग काठमाण्डौमा कार्यरत सिनियर डिभिजन ईन्जिनियर एवम् पूर्व विद्यार्थी चौतारा निवासी हरिबहादुर खत्री,वैदेशिक रोजगार विभागमा कार्यरत शाखा अधिकृत एवम् पूर्व विद्यार्थी शान्ता बस्न्यात, सिन्धुपुत्र हाल भरतपुर उपमहानगरपालिका निवासी सिन्धुपाल्चोक गीतका चर्चित संगीतका तथा गायककार एवम् पूर्व विद्यार्थी चेतन सापकोटा, अन्र्तराष्ट्रिय रेष्लर तथा रेफ्री तेक्वान्दो विधाका ३ डन सिन्धुपाल्चोके टाईगरका नामले प्रख्यात रेष्लर एवम् पूर्व विद्यार्थी कृष्णबहादुर मगर, चौतारा साँगाचोकगढी नगरपालिका १३ निवासी अधिवक्ता हाल चौतारा साँगाचोगढी नगरपालिकाका अधिकृत एवम् पूर्व विद्यार्थी दुर्गाप्रसाद ढुंगेल,सिन्धुपुत्री नव गायिका एवम् पूर्व विद्यार्थी मञ्जु उपसना, चौतारा साँगाचोकगढी नगरपालिका ७ निवासी चर्चित कलाकार धिताल चिरिच्याँट्ट उपनामले प्रख्यात व्यक्तित्व एवम् पूर्व विद्यार्थी कृष्णप्रसाद धिताल, चौतारा पुरानो बजार निवासी समाजसेवी तथा विद्यालयका अभिभावक पूर्व सल्लाहकार समितिका संयोजक तथा पूर्व विद्यार्थी कमलचरण कक्षपति, चौतारा पुरानो बजार निवासी समाजसेवी पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा हाल सल्लाहकार समितिका संयोजक एवम् पूर्व विद्यार्थी श्यामकृष्ण श्रेष्ठ, चौतारा पुरानो बजार निवासी समाजसेवी अभिभावक पूर्व शिक्षक अभिभावक संघका अध्यक्ष तथा पूर्व विद्यार्थी संसार श्रेष्ठ सम्मानित भए ।

रामज्योती फाउण्डेशनले २ जना जेहेन्दार बिद्यार्थीहरुलाई १० हजारका दरले सहयोग उपलब्ध गराएको थियो ।
कार्यक्रममा सहयोगी र बिद्यालयमा योगदान पुर्याउनेहरुलाई सम्मान , उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
त्यस्तै बिद्यालयको बर्ष उत्कृष्ठ र उत्कृष्ठ शिक्षकलाई पनि सम्मान गरिएको थियो । साथै सोही अवसरमा उक्त बिद्यालयमा शिक्षण गरेका शिक्षकहरु सम्मानित भए । काभ्रेपलाञ्चोक गैरीविसौना निवासी हाल सोही विद्यालयको विज्ञान शिक्षक रामहरि मिश्र, चौतारा निवासी पूर्व विद्यार्थी तथा विद्यालयको शिक्षक जितेन्द्र लामा पनि सम्मानित भए ।
अिसल नारायण मानकुमारी प्रतिष्ठानबाट सम्मानित हुने व्यक्तित्व
चौतारा पुरानो बजार निवासी समाजसेवी संस्कृति संरक्षणकर्ता सम्पदा संरक्षण गुठीका अध्यक्ष शैक्षिक अभिभावक एवम् पूर्व विद्यार्थी रविन्द्र श्रेष्ठ र चौतारा निवासी विद्यालयको शिक्षक शर्मिला कर्माचार्य रहेका छन् ।
दुःखी प्रकाशन चौताराबाट सम्मानित हुने व्यक्तित्व चौतारा निवासी विद्यालयको विद्यालय कर्मचारी खाजा व्यवस्थापक अस्मिता श्रेष्ठ रहेकी छिन् ।
कार्यक्रममा विद्यालयको शैक्षिक सत्र २०८२ को कक्षा ८ को नगर स्तरीय आधारभूत परीक्षामा सत्प्रतिशत उत्तीर्ण गराउन सफल विषय शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।
यसरी सम्मानित हुने शिक्षकहरुमा दिपेश सापकोटा, ध्रुव घोरासैनी, मीनादेवी श्रेष्ठ, चिनीमाया तामाङ, रीना महर्जन, दिया प्रधान, हरिगोपाल श्रेष्ठ, सुनिल श्रेष्ठ, अशोक कार्की, सरस्वती घिमिरे र मनिष मनिषा दंगाल रहेका छन् । उनीहरुको योगदानको कदर गर्दै विद्यालयले सम्मान गरेको हो । त्यस्तै २०६२ साल देखि बिद्यालयमा अंग्रेजी माध्यम कक्षा सन्चालन भएदेखि निजी श्रोतमा नियुक्ति भै हालसम्म कार्यरत शिक्षिका प्रमिला श्रेष्ठ ईमान्दार रुपमा लामो अवधिसम्म सेवा गरेवापत विद्यालयवाट सम्मानित भएकी छिन् !

विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको विविध विविध संस्कृति झल्कने सौन्दर्यात्मक साँस्कृतिक प्रस्तुती र तेक्वान्दो खेलको साहसिक कला प्रस्तुतले मनोरञ्जनात्मक प्रदान गरेको थियोे । साथै निर्देशक तथा संगितकार चेतन सापकोटाको सन्देशमुलक गीतले झनै आकर्षक बनाएको थियो । कलाकार सापकोटाले बुवाआमाले छोराछोरी निगरानी बढाएर चाहना अनुरुप शिक्षा दिन लागि पर्नुपर्ने भन्दै वालबच्चाहरुको सन्तुष्ठी नै हाम्रो अमूल्य सम्पती भएको टिप्पणी गरे ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद श्रेष्ठको अध्यक्षता, सहायक प्राधानाध्यापक हर्षलाल तामाङ र शिक्षक बिनोद नेपालको उद्घोषणमा सम्पन्न कार्यक्रममा जनप्रतिनीधी, शिक्षक, बुद्धिजीबी, चन्दादाता, समाजसेवी, कलाकार सञ्चारकर्मी, अभिभावक र बिद्यार्थीहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो ।
स्मरण रहोस् बिद्यालय सिन्धुपाल्चोक जिल्लाको जेठो बिद्यालय हो । जहाँ १ हजार ४ सय ७० बिद्यार्थीहरुले अध्ययन गरिरहेको प्रधानाध्यापक डम्बर बहादुर श्रेष्ठले प्रस्तुत गरेको बार्षिक प्रतिबेदनमा उल्लेख छ ।

