सिन्धुपाल्चोक उद्योग वाणिज्यसंघद्वारा पाँच व्यक्तित्व सम्मानित (फोटो फिचर सहित)

निर्मल बस्नेत
पुष ६, बाह्रबिसे । सिन्धुपाल्चोक उद्योगवाणिज्य संघ विभिन्न क्षेत्रमा योगदान पु¥याएका ५ जना व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ३० औं वार्षिक साधारणसभामा उनीहरूलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरिएको हो । सम्मानित हुनेहरूमा कान्तिपुर दैनिकका उपसम्पादक ऋषिराम पौड्याललाई पत्रकारिता, कफी सहकारी संघ सिन्धुपाल्चोककि अध्यक्ष मन्दु थापालाई कफि, सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिंह थापालाई पर्यटन, जलविद्युत व्यवसायी माेहन विक्रम कार्कीलाई जलविद्युत र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हाेम बहादुर बस्नेत (राजकुमार) लगाएतलाई संंस्थागत विकास क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो ।

उनीहरूलाई नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ सहितका प्रतिनिधिले सम्मान गरेका हुन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ, बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत, उपमेयर मञ्जु तामाङ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ तथा नेपाल हिमालय सीमापार वाणिज्य संघका पूर्व तथा वर्तमान पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

उद्योग वाणिज्य संघको ३० औं वार्षिक साधारण सभाको अवसरमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरुले मन्तव्य राखेका थिए । उद्योग वाणिज्य संघको एक बर्षको समिक्षा सहित प्रगतिको बारेमा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्वराज बस्नेतले राखेका थिए ।