वाइसीयल स्वास्थ सामग्रीसहित पाँचपाेखरी जाँदै

निर्मल बस्नेत, २२ साउन,भाेताङ । सिन्धुपाल्चोक जिल्लाकाे धार्मिक तथा पर्यटकीय स्थल पाँचपाेखरी मेला भर्न गएका तिर्थालुहरूकाे सयाेगार्थ स्वास्थ्य सामाग्री सहितकाे स्वयंसेवक दल पाँचपाेखरी पद यात्रामा हिडेकाे छ ।

फोटो सामाजिक सञ्जाल मार्फत

उक्त मेलाकाे व्यवस्थापन तथा स्वयंमसेवी भूमिकामा वाइसीएल नेपाल स्वास्थ्य सामग्रीसहित मेलम्ची हुदै पाँचपाेखरीतर्फ लागेकाे हाे ।  तिर्थालु तथा भक्तजनहरुकाे साथमा स्वयमसेवककाे भूमिकामा २५ गते  सम्म रहने वाईसीएल नेपालले जनाएको छ । टाेली बिहिबार टुप्पी डाँडाकाे हाेम स्टे मा बास बसेर शुक्रबार दिउसाे पाँचिाेखरी पुग्ने छ ।

वाइसियल नेपाल संगै नेकपा (माओवादी केन्द्र ) का केन्द्रीय सदस्य एवं पुर्व मन्त्री युवराज दुलाल पनि यात्रामा  रहेका छन् ।

पैदलयात्रामा पार्टी केन्द्रीय सदस्य झम्क पराजुली , चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नं ११ का अध्यक्ष राेशनराज गिरी र १२ नम्बर वडाध्यक्ष दिपेन्द्र नेपाल लगायत समाजसेवीहरु वाइसीएलकाे साथमा छन् ।

यात्रामा रहेकाे उक्त टाेलीलाई पाँचपाेखरी थाङपालधाप गाउँपालिकाका तिपेनी, धाप, काेट र भाेताङका स्थानीले खादा तथा लामा झाँकीका साथ स्वागत गरेका थिए ।
गत बर्षकाे मेलामा पनि वाईसीएलले सरसफाइ तथा स्वयमसेवी भूमिका निर्वाह गरेकाे थियाे ।