नेकपाको युवा भेला, ३ सय भन्दा बढीले गरे पार्टी प्रबेश

निर्मल बस्नेत
७ फागुन , बाह्रविसे । नेपाली कम्युनिष्ट पार्टी निर्वाचन क्षेत्र नम्बर १ को युवा भेला बाह्रविसेमा सम्पन्न भएको छ । भेलाको अवसरमा नेपाली काङ्ग्रेस र नेकपा एमाले पार्टी परित्याग गर्दै ३ यस भन्दा वढीले पार्टी प्रबेश गरेका छन् ।

पार्टी प्रबेश गर्नेहरुलाई पार्टीका केन्द्रिय नेताहरु, कृष्णप्रसाद सापकोटा, केशब नेपाल, राजकुमार श्रेष्ठ, माधव सापकोटा , सरल सहयात्री पौडेल, अमृता नेपाल र लालकान्छा तामाङले खादा र अविर लगाएर स्वागत गरेका थिए ।

प्रतिनिधी सभा निर्वाचन २०८२ फागुन २१ का सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का प्रत्यक्ष तर्फका उम्मेदवार माधव सापकोटा सुवोधले आफ्नो जीत सुनिश्चित भएको ठोकुवा गरे ।
आम मतादाताले आफुप्रति गरेको विस्वासले प्रतिस्पर्धीहरु ससंकित भएकोले आफ्ना कार्यकर्ता पंत्तिलाई संयमित भएर निर्वाचनमा लागि पर्न सापकोटाले आग्रह गरेका छन् ।

उनले जीवन्त संसद र दुर्गामी महत्वका कानुन बनाउनेमा आफ्नो जोड रहने गरि आफ्नो प्रतिबद्धता समेत सार्वजनिक गरिसकेको बताए ।
पर्यटन र पुर्वाधारमा एकीकृत गुरुयोजना बनाएको,मलखाद र विउको समयमा प्रवन्ध गनर्,े खाद्य उत्पादनलाई बजारीकरण गर्नेमा विषेश जोड रहने उद्घोष गरे ।

त्यस्तै विद्यालयमा सिपुलक शिक्षा र विद्यालय तह रोजगारीमा जोड्ने संगै ५ हजार भन्दा बढी युवालाई प्रत्यक्ष रोजगारीमा लगाउने योजना रहेको बताए ।
सिन्धुपाल्चोकलाई डिजिटल सिन्धुपाल्चोक बनाएर सुचना र सञ्चारमा सहज रुपले पहुँच पु¥याउन विशेष रुपले लाग्ने,भुँई तहका मान्छेहरुको प्रतिनिधित्व गर्दै जाती, वर्ग , क्षेत्र र लिङ्गको सवालमा निरन्तर लागि पर्ने प्रतिबद्धता जनाए ।


मन्तव्यका क्रममा प्रतिबद्धता पत्र पल्टाउदै यस भन्दा अघिको ३३ महिले कार्यअवधिमा सामाजिक न्याय र समावेशिताको सवालमा जोडदार संसदमा उठाएको,जलस्रोत र उर्जा विकासको सवालमा विषयगत छलफलाई व्यापक बनाएको , जेन्जी आन्दोललाई संस्थागत गरि न्यायपुर्ण रुपमा लिनको लागि बहस पैरवि गरेको लागयतको चर्चा गरे ।

उम्मेदवार सापकोटाले विदेशमा रहेकाहरुको नोट चल्ने र भोट नचल्ने अवस्थको अन्त्य गर्नेमा संसदमा भुमिका खेल्ने समेत आस्वासन दिए ।
बर्षभरीका कामको सुची सार्वजनिक गरी सुशासन र पारदर्सिताको लागि निरन्तर पहल र प्रयत्न गरको दावी गरे । अघिल्लो सदनको पहिलो सम्बोदन तातोपानी नाकालाई जोडदार उठाएको र आम सिन्धुको सावलमा जोड दिदै उनले भने “म युवाहरुको साथी हुँ । प्रौढहरुको भरोसा हुँ । एक सामाजिक व्यक्तित्व हुँ र आम सिन्धुवासीको सारथी हुँ । ”
नेता सापकोटाले संविधान सभा सदस्य रहदाँ बखत पार्टीका केन्द्रिय नेता राजकुमार श्रेष्ठले बाह्रविसे बजारको विकास विस्तार साथै खानेपानीको प्रवन्ध गरिएको भनि उनको प्रशंसा गरे ।

विद्यालय शिक्षा विद्येयकको बारेमा पहिलो मुद्धा जोडदार रुपमा उठाको क्षण सम्झदै अलपत्र रुपमा परेको बिद्येयकलाई निष्कर्षमा पुर्याएर गुणस्तरीय शिक्षा विकासमा अहम भुमिका खेल्ने आस्वासन दिए ।

त्यस्तै समानुपातिक उम्मेदवार लालकान्छा तामाङले पार्टीको दुवै तर्फका उम्मेदवारलाई तारा चिन्हमा छाप लगाई जिययी गराउनको लागि सवैलाई आह्वान गरेका थिए । उनी आफु विगतमा जेल नेल र यातना भोगेको क्षण सम्झदै आगामी दिनमा संसदमा आम जाती, क्षेत्र र लिंगको सवालमा आवाज उठाउने थलोमा सिन्धुवासीले पु¥याउने विस्वास व्यक्त गरे । उम्मेदवारहरुलाई जीतको लागि शुभकामना दिदै नेताहरु केशव नेपाल, सरल सहयात्री पौडेल, अमृता नेपाल, निमाफुञ्जो शेर्पा, क्रान्ति योञ्जन र युवा नेता सुमित काफ्लेले सापकोटाको यागदानको चर्चा गरेका थिए ।

कार्यक्रमका अवसरमा पार्टी प्रबेश गर्नेहरुमा निर्वाचन क्षेत्रका बाह्रबिसे, भोटेकोशी, त्रिपुरासुन्दरी, लिसंखुपाखर, र जुगल गाउँपालिकाबाट विगतमा जनप्रतिनिधी भएर र सामाजिक रुपमा विविध जिम्मेवारी सम्हालेका सामाजिक भुमिका बहन गरेका तथा युवाहरु रहेका छन् ।

कार्यक्रमको सुरुवाती क्षणमा बाह्रििवसे बजारमा युवाहरुले नाराबाजी गर्दै मार्चपास समेत गरेका थिए ।