पर्यटकीय क्षेत्र गुफाडाँँडामा बन्यो सामुदायिक भवन
माघ १४, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय क्षेत्र गुफाडाँँडा द्वारेटोलमा सामुदायिक भवन निर्माण भएको छ । मेलम्ची नगरपालिका–९ गुफाडाँडामा रहेको उक्त भवनको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्य, उपप्रमुख उमा प्रधानको विशिष्ट आतिथ्य र वडा अध्यक्ष किरणदिप खड्काको विषेश आतिथ्यमा भवन उदघाटन तथा पुजा कार्यक्रम सम्पन्न भएको होे ।
नगरपालिका बाट विनियोजन भएको ७९ लाख बजेटमा निर्मित भवनको उदघाटन गर्दै नगर प्रमुख तामाङले छिटोभन्दा छिटो प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए । उनले केहि काम अझै बाकी रहेकाले तत्काल काम सकिएपछि मात्रै भुक्तानी गर्ने बताए । सामुदायिक भवनको घेराबार, संरक्षणका लागी नगरपालिकाले सहयोग गर्ने बताए ।
उपप्रमुख उमा प्रधानले यस्ता भवनले समुदायमा पर्ने हरेक काम गर्न सहज हुने बताइन । समुदाय संग समन्वय गर्दै विकास निर्माणको कामलाई निरन्तरता दिने बचन दिइन । भवन बने संगै यसको संरक्षणको दायित्व समुदायको भएकाले केहि रकम अक्षयकोषको रुपमा राख्न समेत सुझाव दिइन । गुफाडाँडा पर्यटकिय स्थल भएकाले यसलाई पर्यटनको हब बनाएर अगाडि जाने काममा नगरपालिका लागिरहेको उनको भनाई छ ।
गुफाडाँँडा द्वारेटोल सामुदायिक भवन संरक्षण समितिका अध्यक्ष निशान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा वडा समाजसेवी बिनोद कार्की, वडा सदस्य पुर्णबहादुर तामाङ, समाजसेवी शेरपदोर्जे पाख्रीन लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन स्थानीय सचिन पाख्रीनले संचालन गरेका थिए ।

