सिन्धुपाल्चोकमा निर्वाचन आचारसंहिताबारे दल र सञ्चारकर्मीहरुलाई जानकारी

निर्मल बस्नेत
५ माघ, चौतारा, सिन्धुपाल्चोक । आसन्न फागुन २१ को प्रतिनीधी सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउने उद्देश्यले निर्वाचन आचारसंहिताबारे जानकारी गराएको छ सिन्धुपाल्चोकको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सञ्चारकर्मी तथा राजनीतिक दलका प्रतिनिधिहरूसँग आचारसंहिता र निर्वाचन प्रक्रियाबारे छुट्टाछुट्टै रुपमा जानकारी गराएको हो ।

जसमा माघ ४ गते जिल्लामा क्रियासिल राजनीतिक दल र ५ गते पत्रकारहरुसंग अन्तरक्रिया एवं छलफल गरेको हो ।
मूख्य निर्वाचन अधिकृत जिल्ला अदालत सिन्धुपाल्चोकका न्यायाधीस रिताकुमारी बख्रेलले निर्वाचन सफल बनाउन सबै सरोकारवाला पक्षको भूमिका महत्वपूर्ण हुने भन्दै आचारसंहिताको अक्षरशः पालना गर्न आग्रह गरिन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनका क्रममा हुने प्रचारप्रसार, समाचार सम्प्रेषण र सार्वजनिक अभिव्यक्तिमा मर्यादा कायम राख्नुपर्नेमा जोड दिएको छ ।
अन्तरक्रियामा सहभागी सञ्चारकर्मीहरूले तथ्यमा आधारित, सन्तुलित र जिम्मेवार पत्रकारिता मार्फत मतदातालाई सही सूचना पु¥याउने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै, राजनीतिक दलका प्रतिनिधिहरूले मर्यादित चुनावी अभियान सञ्चालन गर्ने र आचारसंहिता पालना गर्न गराउन भूमिका खेल्ले उद्घोष गरेका थिए ।
सामाजिक सञ्जालको बढ्दो प्रभाव, अफवाह नियन्त्रण र गलत सूचनाले निर्वाचनमा पार्न सक्ने असरको विषयले पनि पलफलमा प्रबेश पाएको थियो ।
कार्यक्रमले निर्वाचन प्रक्रियामा पारदर्शिता, विश्वास र उत्तरदायित्व कायम राख्न सबै पक्षबीच सहकार्यको आवश्यकता रहेको सन्देश दिएको सहभागीहरूको भनाइ छ ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार निर्वाचन कार्यतालिका यसप्रकार रहेको छ ।
कार्यतालिका अनुसार माघ १ गते कार्यालय स्थापना गरिएको । जसमा निर्वाचन क्षेत्र नम्बर १ को लागि चौतारा साँगाचोकगढी नगरपालिका र क्षेत्र नम्बर २ को लागि जिल्ला समन्वय समितिको कार्यालय चौतारा सिन्धुपाल्चोक रहेको छ ।
निर्वाचान क्षेत्र नम्बर १ का लागि निर्वाचन अधिकृत राजेशकुमार थापा र सहायक निर्वाचन अधिकृत हेमा पाण्डे र २ नम्बरका लागि मूख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिस रिताकुमारी खख्रेल र सहायक अधिकृत राजेन्द्र अर्याललाई जिम्मेवारी पाएका छन् ।
माघ ६ गते उक्त कार्यालयमा जिल्लाका क्रियासिल राजनीतिक दल र स्वतन्त्र व्यक्तिहरुलाई मनोायन दर्ताको लागि समय निर्धाराण गरेको छ ।
जसमा १०ः३० वजे नेशनल अर्गनाइजेसन, ११ः०० वजे राष्ट्रिय प्रजातन्त्र पार्टी, १ः०० वजे नेकपा एमाले, २ः१५ वजे नेपाली कम्युनिष्ट पार्टी, ३ः०० वजे राष्ट्रिय स्वतन्त्र पार्टी, ४ः०० वजे नेपाली काङ्ग्रेस र ४ः३० मा राष्ट्रिय जनमोर्चाको लागि समय निर्धारण भएको छ ।
यसभन्दा अन्य दल र स्वतन्त्र उम्मेदवार मनोनयनको लागि जानकारीका साथ आएमा उनीहरुलाई समेत समय मिलाएर पालैपालो दर्ताको वातावरण मिलाउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।