प्रथम सरोज स्मृती कप पुरुष भलिबल प्रतियोगिताकाे समिकरण पुरा
प्रथम सरोज स्मृती कप पुरुष भलिबल प्रतियोगिता २०८२ को समिकरण पूरा भएको छ ।
हिजो भएको क्वाटर फाइनलको पहिलो खेलमा त्रिपूरा सुन्दरी गाउँपलिका बिरुद्ध २५-७ २५ -१२ को जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको थियो । त्यस्तै आज भएको दोश्रो क्वाटर फाइनलको खेलमा हेलम्बु गाउँपालिकाले भोटेकोसी गाउँपालिका विरुद्ध २५-१७ २५-१७ को सोझो सेटमा जित निकाल्दै सेमिफाइनल गरेको हो ।
आजै हुने सेमिफाइनलको पहिलो खेलमा मेलम्ची नगरपालिका र हेलम्बुगाउँपालिका विच हुने पक्का भएको छ । त्यस्तै क्वाटफाइनलकै तेश्रो खेलमा रोमान्चक जित निकाल्दै बलेफी गाउँपालिकाले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ चौतारा साँगाचोक गढी नगर पालिका विरुद्ध २५-१८-२९-१७ १५-७ को जित निकाल्दै बलेफिले आफ्नो स्थान सुरक्षीत गरेको हो ।
त्यस्तै क्वाटरफाइनलको अन्तिम खेलमा रोमान्चक जित निकाल्दै जुगल गाउँपालिकाले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ । क्वाटर फाइनलको अन्तिम खेलमा इन्द्रावती गाउँपालिका बिरुद्ध २५-२१ २५- १५ को जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो ।
सेमिफाइनलको दोश्रो खेलमा जुगल गाउँपालिका र बलेफी गाउँपालिका खेल्ने छन ।
कुबिन्डेमा जारी प्रतियोगितामा ११ टिम सहभागी रहेको खेलको फाइनल खेल माघ ४ गते हुने छ ।

