हेलम्बु गाउँपालिकाको मानवीय कार्य, भिरमा अड्किएका मान्छेलाई जिउँदै उद्दार

असोज २, काठमाडौं । जिल्लाको हेलम्बु गाउँपालिकाले भिरमा अड्किएका एक व्यक्तिलाई हेलिकप्टरद्वारा उद्वार गरिएको छ । दोलखा कालिन्चोक–३ स्थायी घर भएका केशव शिवाकोटीलाई भिरमा अड्किएको अवस्थामा हेलम्बु गाउँपालिकाको पहलमा हेलिकप्टेर मार्फत आज उद्दार गरिएको हेलम्बु गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिईन ।

भिरमा अड्किएर उद्दारको प्रतिक्षमा रहेका शिक्षक केशव शिवाकोटी । उनलाई हेलिकप्टेर मार्फत २० घण्टा पछि उद्दार गरिएको हो ।

उनका अनुसार शिक्षक हेलम्बु गाउँपालिका वडा नम्बर १ मा पौडि खेल्ने क्रममा उनी हिजो दिउसो हराएका थिए । उनी सर्कथली आवि हेलम्बु १ का शिक्षक हुन । गाउँपालिका शिक्षक शाखाका प्राविधिक सायक विश्वनाथ भण्डारीले दिएको जानकारी अनुसार हराएका शिक्षक अन्य दुईजना साथी सहित दिउसो हेलम्बु १ मा पौडिखेल्न निस्केका थिए । पौडि खेल्ने त्रममा ठाडो खोलाले बगाएर शिक्षक शिवाकोटी भिरमा रातभर फसेका थिए । उनी चिच्याएपछि स्थानीयले थाहा पाएर पालिकालाई जानकारी दिएका थिए ।

त्यसपछि तत्काल उद्दार गर्न गाउँपालिकाले सेनाको हेलिकप्टेर मगाएको थियो । उनको भर्खर मात्र उद्दार भएको गाउँपालिकाले जनाएको छ । उद्दारको लागि गाउँपालिका अध्यक्ष आफैं पुगेका थिए । शिवाकोटीको सामन्य अवस्था रहेपनि स्वास्थ्य जाँचको लागि काठमाडौं लगिएको उपाध्यक्ष लामिछानेले जानकारी दिईन ।

स्मरण रहोस हेलम्बु गाउँपालिकाले यस अघिपनि सुत्केरी हुन नसकेर मृत्यको मुखममा पुगेका महिला तथा हिउँमा फसेका नागरिकको उद्दार गरेर मानवीय कार्य गरेको चर्चा पाएको छ ।