कालिकादेवी माविको ६६ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ठ बिद्यार्थीहरुलाई सम्मान र पुरस्कार

१७ पौष, चौतारा । कालिकादेवी माध्यमिक विद्यालय कुविण्डे देउरालीको ६६ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । उक्त अवसरमा विद्यालयको विभिन्न गतिबिधिमा उत्कृष्ठ भएका बिद्यार्थीहरुलाई सम्मान एवं पुरस्कृत गरेको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ देउरालीमा रहेको विद्यालयको वार्षिकोत्सव समारोह निवर्तमान प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोधको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सापकोटाले आफूले वाल्यकालदेखी नै सवै गतिविधिको प्रत्यक्ष अध्ययन तथा अवलोकन गरेको भएकोले विद्यालयको स्थापनाको सुरुवात गर्ने गग्गादाता र संस्थापकहरुको चर्चा गरेका थिए ।

कुविण्डेको गाउँमा हुर्किएर देशको निती निर्माणको तहमा पुगेका सापकोटाले आफुलाई आम कुबिण्डेबासीले आगामी निर्वाचनमा समेत साथ दिने बिस्वास प्रकट गरे । उनले तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा विद्यालय उमेर मै निममित अध्ययन थाती राखेर पुःन उच्च शिक्षा हासिल सम्म गरेको उदाहरण दिदै आफू जस्तै विद्यार्थीहरुलाई पनि जिग्यासु र उत्सुक भएर पढ्नमा जोड दिए ।

विद्यालयको प्रगती र उन्नतीको कामना गर्दै चौतारा साँगाचोकगढी नगरापालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटा, पूर्व नगरप्रमुख अमानसिं तामाङ र वडाध्यक्ष कुमार शर्माले शुभकामना व्यक्त गरेका थिए ।

बार्षिकोत्सवको अवसरमा अतिरिक्त क्रियापलाप सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक श्यामकुमार सापकोटाले जानकारी दिए । कार्यक्रमका विच कक्षागत, तहगत र विधागत रुपमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष जय बहादुर श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घोषण शिक्षिका बेली दुलाल र शिक्षक रामकुमार सापकोटाले गरेका थिए ।

कार्यक्रम सूरुवाती चरणदेखी अन्त्य सम्म आमन्त्रीतहरु र उपस्थित सम्पूर्णले साथ दिई भव्य रुपमा सम्पन्न भएको विद्यालयको प्रधानाध्यापक सापकोटाले खुसी व्यक्त गरेका छन् । प्रधानाध्यापक सापकोटाले विद्यालयको वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।