एकता सन्देश संगै पार्टी प्रवेश गराउँदै नेपाली कम्युनिष्ट पार्टी
१२ पौष, चौतरा । नेपाली कम्युनिस्ट पार्टीले पार्टीले एकताको सन्देश संगै विविन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीमा भित्र्याउन थालेका छन् । पार्टीले जिल्लामा एकता बैठक गरि स्थानीयस्तरसम्म पार्टी एकताको सन्देश प्रवाहलाई तिब्र बनाएको छ ।
पार्टीको चौतारा सागाचोकगढी नगरकमिटीको वडास्तरमा विस्तारित बैठकको क्रम जारी राखेको छ । शनिवार वडा नम्बर ९ मा वडा कमिटिको आयोजनामा भएको बैठक तथा प्रशिक्षण कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य निवर्तमान संघिय सासद तथा आगामी फागुन २१ मा हुने निर्वाचनको लागि निर्वाचन क्षेत्र नम्बर १ का लागि एकल उम्मेदवारमा सिफारिस परेका प्रभावशाली युवा नेता माधब सापकोटा (सुबोध) को प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको पार्टीको नेता विष्णु लामाले बताए ।

उनका अनुसार नेपाली काङ्ग्रेसवाट २०७४ को वडा सदस्यको उम्मेदवार हरी भारती, मजदुर संगठनको जिल्ला नेता चतुर विकले पार्टी परित्याग गरि नेकपा प्रबेश गरेका हुन् । उनीहरुसंगै टीका माझी, छत्र मगर, सन्दिप माझी र लालबहादुर श्रेष्ठ लगायत १ दर्जनले नेपाली काङ्ग्रेस परित्याग गरि नेपाली कम्युनिष्ट पार्टीमा प्रबेश गरेका हुन् । पार्टीका नेता सापकोटाले नवप्रबेसीहरुलाई टीका र खादाले स्वागत गरेका थिए ।

उनले अवको देशको निकास दिने पार्टी नेपाली कम्युनिष्ट पार्टी मात्र भएको दावी गरेका छन् । वर्तमान राज्य व्यवस्था र शासनप्रणलीमा तत्कालिन नेकपा माओवादी र हालको विभिन्न कम्युनिष्ट घटकहरुको विचमा एकता भएपछि बनेको हालको नेपाली कम्युनिष्ट पार्टीको अहम भुमिका रहेको बताए । उनले आगामी निर्वाचनको लागि पार्टीले सरकारलाई समयमा नै निर्वाचन गराउन दवााब सिर्जना गरेको समेत बताएका थिए ।
त्यस्तै ११ वडामा स्थानीय पार्टी कमिटीले आयोजना गरेको कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी करिब दुई दर्जन नेता तथा कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

एमालेका पूर्व वडा कमिटी अध्यक्ष क. लिला गिरी र कांग्रेसकी स्थानीय नेतृ गोपिनी माझी सहितका व्यक्तिहरू पार्टीको नीति, विचार र राजनीतिक दिशाप्रति विश्वास व्यक्त गर्दै नेकपामा प्रबेश गरेको नवप्रबेशीहरुले वताए ।

पार्टी प्रवेश कार्यक्रम नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री पार्टीको क्षेत्र नंं २ वाट एकल उम्मेदवारको सिफसिमा परेका विकासप्रेमी युवा नेता युवराज दुलाल (शरद) को उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य दुलालले जनताको पक्षमा उभिने स्पष्ट राजनीतिक कार्यदिशाका कारण विभिन्न दलका नेता–कार्यकर्ता नेकपातर्फ आकर्षित भइरहेको बताए । उनले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनसंघर्षलाई निरन्तर अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

नेता दुलालले नवप्रवेशीहरूलाई पार्टीको झण्डा र खादा ओढाएर स्वागत गरेका थिए । नवप्रवेशीहरूले वर्तमान राजनीतिक अवस्था, जनताको समस्या र परिवर्तनको आवश्यकता महसुस गर्दै नेकपाको नेतृत्वमा अघि बढ्ने निर्णय गरेको बताएका छन् ।

