इलेक्ट्रो पावर कम्पनी लिमिटेडले भाेटेकाेशीका प्रभावितलाई ४० करोड ६२ लाखको सेयर दिने
मंसिर ७, काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशीमा निर्माणाधीन भोटेकोसी–१ जलविद्युत आयोजनाबाट सञ्चालित इलेक्ट्रो पावर कम्पनी लिमिटेडले भाेटेकाेशी प्रभावित सर्वसाधारणलाई सेयर बिक्री प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति माग्दै प्रस्ताव दर्ता गरेको हो ।
प्रस्तावनासार कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४० करोड ६२ लाख ५० हजार बराबरको सेयर दिने कम्पनीले जनाएको छ । सेयर निस्कासनको लागि नेपाल धितोपत्र बोर्डमा ३९ नम्बर लाइनमा रहेको भोटेकोशी–१ जलविद्युत आयोजनाका जनसम्पर्क अधिकृृत निर्मल राउतले जनाकारी दिए । उनका अनुसार आईपीओमार्फत प्रभावित क्षेत्र भोटेकोशी पालिकाभरीका नागरिकलाई ४० कराेड ६२ लाख स्थानीय प्रभावितहरूका लागि मात्र हाे ।
भाेटेकाेशीका प्रभावित जनतालाई आयोजनामा सहभागी गराउने कम्पनीको उद्देश्य रहेको उनले बताए । बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबि एस क्यापिटलले पाएको छ ।
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा निर्माण हुँदै गरेको ४४ मेगावाट क्षमताको भोटेकोसी–१ आयोजना स्थानीय अर्थतन्त्र र रोजगारमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ । आईपीओ निष्काशनपछि प्रभावित बासीलाई ऊर्जा क्षेत्रमा प्रत्यक्ष लगानी गर्ने अवसर पनि खुलेको छ ।

