ठूलोसिरुवारी खेलकुद महोत्सवमा कराते बिधा तर्फ सेतीदेवी मावि प्रथम
दिनेश दुलाल
कार्तिक २, चौतारा । ठूलोसिरुवारी तेस्रो संस्करण अन्र्तगत भएको खेलकुद महोस्तवमा कराते विधा तर्फ सेतीदेवि मावि प्रथम हुन सफल भएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका–१३ ठूलोसिरुवारीमा कार्तिक २ र ३ गते भएको खेलकुद महोत्सवको पहिलो दिन कराते बिधा तर्फ नगर स्तरीय प्रतियोगितामा १२ स्वर्ण सहित घरेलु सेतीदेवी ठूलोसिरूवारी प्रथम भएको हो । त्यस्तै ७ वटा स्वर्ण सहित १० नम्बर वडा अन्र्तगत रहेको रामदेवी मावी दोश्रो र ५ वटा स्वर्ण सहित सोही वडाकै कुण्डलादेवी मावि तृतीय भएकोे १३ नम्बर वडा खेलकुद विकास समितिले जानकारी दिएको छ । खेलखेलकुद विकास समितिका अनुसार १५०० मिटर दौडमा छात्र तर्फ सेतीदेवी मावी दिपेन्द्र गिरी प्रथम र कुन्डलादेवी माविका राजु श्रेष्ठ दोश्रो हुन सफल भएका छन् ।

त्यस्तै छात्रा तर्फ १५०० मिटर दोडमा कुन्डलादेवी माविकी गिता गिरी प्रथम र सेतीदेवी माविकी रोजिना गिरी दोश्रो भएकी छिन् ।
यस्तै फुटवल तर्फ सेमी फाइनलमा साविक वडा न १ लाई पराजित गर्दै वडा न ५ फाइनलमा प्रवेश गरेको छ भने उता वडा न ६ लाई पराजित गर्दै वडा न ३ फाइनल प्रवेश गरेको छ । यस्तै भलिवल महिला तर्फ सेती देवी मावी प्रथम र सेतीदेवी मावी भुतपूर्व विद्यार्थी समुह द्वितीय हुन सफल भएको छ । विभिन्न विधामा भएको खेलकुद महोत्सवमा कराते विधा बाहेक अन्य विधामा वडा भित्रै आन्तरिक प्रतिष्पर्धा गराईएको मुलक आयोजक समिति १३ वडाले जनाएको छ ।

नर्सिङडाँडा खेलकुद मैदानमा भएको महोत्सवको उदघाटन वाग्मति प्रदेश पूर्व सामाजिक विकास संयोजक एवम वाग्मति प्रदेश सांसद युवराज दुलाल ‘शरद’ ले गरेका थिए । महोत्सव उदघाटन पछिको मन्तव्यलाई सम्वोधन गर्दै सांसद दुलालले जेन–जी पुस्ताले गरेको एउटा आन्दोलन पछि मुलुक राजनैतिक अन्यौलता र अस्थिरताको बिचबाट मुलकु अगाडि बढीरहेको बताए । देशका अगाडि नकरात्मक चुनौति खडा भइरहेको अवस्थामा १३ नम्बर वडाले खेलकुद महोत्सवको आयोजना गरेर युवा युवतीहरुलाई निकै उत्साह र खुशी प्रादन गरिएको प्रति उनले प्रशन्नता व्यक्त गरे । खेलकुल महोत्सव आयोजना गर्दा वडाभित्रका सबै विद्यार्थी र बालबालिकाहरुले आफ्नो प्रतिभा प्रस्फुटन गर्न पाउने एउटा अवसर सिर्जना गर्ने उनले बताए । यस्ता महोत्सवबाट निस्कने प्रतिभाहरु वडामा मात्र सिमित नभई पालिका, जिल्ला, राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरसम्म पुग्ने बताए । ठूलोसिरुवारी १३ नम्बर वडाले राष्ट्रिय र क्षेत्रीय स्तर सम्म प्रतिस्पर्धा गराएर कोटा पुरा गरेको बताए । विकासको पहिलो जग र आधार भनेको वडा स्तरीय खेलकुद प्रतियोगितालाई वडाले महोत्सवको रुपमा विकास गरेको प्रति १३ नम्बर वडालाई विशेष धन्यवाद दिए ।

कार्यक्रमका विशेष अतिथि सिन्धुपाल्चोक जिल्ला खेलकुद विकास समतिका अध्यक्ष रामकृष्ण दंगालले चौतारा साँगाचोकगढी नगरपालिकाका १४ वडामध्ये १३ नम्बर वडाले खेलकुद क्षेत्रमा चमत्कारीपूर्ण तरिकाले विकास गरेको भन्दै प्रशंसा व्यक्त गरे । सिन्धुपाल्चोकका १०३ वटा वडाहरुमध्ये खेलकुदका सबै विधाहरुमा १३ नम्बर वडा ठूलोसिरुवारी नै पहिलो भएको उनले दावी गरे ।

उदघाटन कार्यक्रमका सभाअध्यक्ष गरेका १३ नम्बर वडाअध्यक्ष राप्रसाद गौतमले वडाले खेलकुद महोत्सव गरेर विभिन्न विधामा प्रतिश्पर्धा गरेर प्रथम, द्वितीय भएका खेलाडिलाई राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागि गराईने बताए । वडाले ८÷९ बर्ष देखि खेलकुद कार्यक्रम गरेर करातेमा आशा, भरोसा र ठूलो विश्वास बनाउन सकेको दावी गरे ।

चौतारा साँगाचोकगढी नगरपालिका–१३ को आर्थिक सहयोग तथा आयोजनामा तेस्रो ठूलोसिरुवारी खेलकुद महोत्सव नगर मावि स्तरीय जुनिएर कराते प्रतियोगिता २०८२ सहिद स्मृति खेलकुद मैदान नर्सिङडाँडामा खेलाडीहरुको उल्लेख्य सहभागितामा भएको हो ।

खेलकुमा फुटबल, भलिबल, सटफुट, कराते, ज्याब्लिन थ्रो र दौड लगाएत खेलहरुको प्रतियोगिता भएको वडा खेलकुद विकास समितिका अध्यक्ष तथा एशियन गेमका प्रशिक्षक गंगालाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार १० हजार प्रथम पुरस्कार रहेको छ ।
आयोजकका अनुसार कार्तिक ३ गते हुने खेलकुदका सबे विधाहरुको प्रतिश्पर्धा गराई पुरस्कार वितरण सहित समापन गरिनेछ ।



