मामा घर हिँडेका दुई दिदिबहिनी पहिरोमा परि बेपत्ता

असोज ८, जलविरे । चौतारा साँगाचोकगढी नगरपालिका–२ भोटे फुल्पिङका नाबालक सहित दुई दिदिबहिनी पहिरोमा परी वेपत्ता भएका छन् ।

पहिरोले वेपत्ता दुईदिदीबहिनीको खोजतलास गर्दै प्रहरी
–फोटो स्रोत ः जिप्रका सिन्धुपाल्चोक

जुगल गाउँपालिका–२ गोल्छे स्थित मामाघरमा पैदल जाँदै गरेका बर्ष १७ की फुलमाया लामा र उनकी बहिनी बर्ष ५ की मनमाया लामा लेदो सहितको पहिरोमा वेपत्ता भएका हुन् ।

बुधबार दिउसो ४ः४५ बजे समयमा बलेफी गाउँपालिका–१ जलबिरे स्थित बलेफी ढाँडे भित्री सड्क खण्डमा सडकमाथि भिरबाट लेदो सहितको पहिरो आई पहिरोमा परि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

सडकभन्दा तल ब्रह्मायणी नदि रहेकोले उक्त नदिमा परेको हुन सक्ने आशंका गरेको छ । इलाका प्रहरी कार्यालय नजिकै रहेको उक्त घटनापछि जलबिरेबाट प्रहरी निरिक्षक गजेन्द्र रावतको कमाण्डमा १० जना प्रहरी टोली खटि गई खोजतलास भैरहेको प्रहरीले जनाएको छ ।